images
images

सिभिल लघुवित्तकाे ग्लोबल मनि वीक कार्यक्रम सम्पन्न


  • 429
    SHARES
  • २०७८ चैत्र १४ गते सोमबार

    सिभिल लघुवित्तकाे ग्लोबल मनि वीक कार्यक्रम सम्पन्न

    काठमाडौं । सिभिल लघुवित्तकाे ग्लोबल मनि वीक कार्यक्रम सम्पन्न गरेको छ । लघुवित्तले २०७८ चैत ७ गते देखि चैत १३ गतेसम्म ग्लोबल मनि वीक उपलक्ष्यमा वित्तीय साक्षरता सम्बन्धी विभिन्न कार्यक्रम सम्पन्न गरेको हो । 

    वित्तीय साक्षरता अन्तर्गत केन्द्रीय कार्यालय लगायत ३२ जिल्लामा अवस्थित ७५ शाखा कार्यालयहरुले अन्तरकृया कार्यक्रम संचालन गर्नुको साथै प्लेकार्ड, ब्यानर आदीको प्रयोग गरी ¥याली समेत आयोजना गरेको थियो । 

    संस्थामा आवद्ध रहेका सदस्य, समुदाय, स्कुलमा अध्ययनरत छात्रछात्रामा वित्तीय साक्षरता अभिवृद्धि गराउन ग्लोबल मनि वीकले तय गरेका विषय वस्तु तथा नाराहरुमा आधारित रहेर सम्पन्न गरिएको उक्त कार्यक्रम बाट करिब १७ हजार जना लाभान्वित भएको लघुवित्ले जनाएको छ ।


    images

    Logo