images
images

३ वर्ष अघिको अवस्थामा फर्कियो विद्युत् प्राधिकरण


  • 1.2K
    SHARES
  • २०७८ चैत्र १४ गते सोमबार

    ३ वर्ष अघिको अवस्थामा फर्कियो विद्युत् प्राधिकरण

    काठमाडौं । नेपाललाई लोडसेडिङमुक्त घोषणा गरेको करिब ३ वर्षपछि नेपाल विद्युत् प्राधिकरणले पुनः लोडसेडिङ गर्न लागेको छ । औद्योगिक क्षेत्रमा अहिले अघोषित रुपमा लोडसेडिङ गर्दै आएको प्राधिकरणले केही दिनभित्र लोडसेडिङ तालिका नै निकाल्नेगरी तयारी गरिरहेको छ । 

    २०७३ भदौमा नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त भएसँगै सोही कात्तिकको लक्ष्मीपूजामा घरायसी ग्राहकलाई लोडसेडिङ मुक्त गर्न परीक्षण सुरु गरिएको थियो । परीक्षण सफल भएपछि कात्तिकदेखि नै नमूनाको रुपमा काठमाडौं, पोखरा लगायत प्रमुख शहरहरुमा लोडसेडिङ मुक्त गरिएको थियो । 

    २०७३ फागुनमा देशलाई ग्राहस्र्थ लोडसेडिङ मुक्त गरिएको थियो । त्यसपछि औद्योगिक क्षेत्रमा लोड व्यवस्थापनको माक सुरु भएको थियो । भारतबाट बिजुली आयात गरेरै भए पनि घिसिङले आफू आएको झन्डै २ वर्षपछि २०७५ बैशाखमा देश पूर्ण रुपमा लोडसेडिङमुक्त रहेको घोषणा गरेका थिए । 

    अहिले भारतीय बजारमा कोइलाको मूल्यसँगै बिजुली महँगो हुँदा प्राधिकरणले आयात घटाएर लोडसेडिङ गर्न लागेको हो । यो अवस्थाले देशलाई २०७३ फागुनको अवस्थामा पुर्याएको छ । 

    अहिले औद्योगिक क्षेत्रमा दैनिक १२ घण्टासम्म लोडसेडिङ हुने गरेको छ । पूर्वी र पश्चिमी क्षेत्रलाई सन्तुलन मिलाएर दैनिक १२ घण्टा लोडसेडिङ गर्ने विद्युत् प्राधिकरणको तयारी छ । 

    केही दिनअघि पत्रकार सम्मेलन गरेर प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले केही दिन महँगो मूल्यमा आयात गरेरै भए पनि लोडसेडिङ नगर्ने र सँधैँ मूल्य नघटेको अवस्थामा लोडसेडिङ गर्ने बताएका थिए । तर, उनले भनेको एक हप्ता नबित्दै औद्योगिक क्षेत्रमा लोडसेडिङले निरन्तरता पाएको हो । 

    अब जेठअघि लोडसेडिङ हट्ने सम्मभावना रहेको घिसिङको भनाइ छ । जेठपछि भने नदीमा पानीको बहाब बढ्ने र वर्षा समेत हुने भएकोले त्यसपछि लोडसेडिङ हुने छैन । आगामी वर्ष पनि भारतबाट आयात गरे मात्रै नेपाल लोडसेडिङमुक्त हुन सक्नेछ । 


    images

    Logo