images
images

एफएनसीसीआईको स्वास्थ्य सहायता अभियानबाट ८ सय संक्रमितले पाए राहत


  • 607
    SHARES
  • २०७८ जेठ ७ गते शुक्रबार

    एफएनसीसीआईको स्वास्थ्य सहायता अभियानबाट ८ सय संक्रमितले पाए राहत

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले कोभिड संक्रमित विरामीहरूको सहयोगका लागि संचालन गरेको हेल्लो डाक्टर स्वास्थ्य परामर्श र कोभिड १९ सहायता केन्द्रबाट हालसम्म ८ सय विरामीहरूले स्वास्थ्य परामर्श र आवश्यक स्वास्थ्य सहायता लिएका छन् । महासंघले संचालन गरेको स्वास्थ्य अभियानबाट संक्रमित विरामी, तिनका परिवार र आफन्तहरू सहित धेरैलाई राहत पुग्न गएको छ । 

    जेष्ठ ६ गतेसम्मको तथ्यांक अनुसार हेल्लो डाक्टर स्वास्थ्य परामर्श कार्यक्रमबाट साढे ५ सय भन्दा बढी कोभिड संक्रमित विरामीहरूले डाक्टरहरूबाट स्वास्थ्य परामर्श र सहायता केन्द्रबाट करिव २ सय ५० जनाले आवश्यक स्वास्थ्य सहायता लिएका छन् । वैशाख २६ बाट शुरू भएको हेल्लो डाक्टर मार्फत भाइवरको सहकार्यमा डाक्टर अन कलका चिकित्सकहरूले विरामीहरूलाई स्वास्थ्य परामर्श दिइरहेका छन् ।

    कोभिड सहायता केन्द्रबाट गम्भीर प्रकृतिका विरामीहरूदेखि भर्खर कोभिड संक्रमण भएकासम्मले सहयोगका लागि आग्रह गर्ने गरेका छन् । केन्द्रकातर्फबाट हालसम्म डेढ वर्षको बच्चा देखि ८९ वर्षसम्मका जेष्ठ नागरिकलाई सेवा दिइएको छ ।    

    सहायता केन्द्रले वैशाख २४ गतेबाट काम थालेको थियो । केन्द्रमा दैनिक सरदर १६/१७ जनाले सहयोगका लागि आग्रह गर्ने गरेका छन् । केन्द्रमा मुलुकका सबै भागबाट सहयोगका लागि आग्रह भई आएको छ । 

    मुलुकमा बढदो कोभिड १९ को संक्रमण रोकथाम तथा नियन्त्रण गरी आम सर्वसाधारणको जीवन रक्षामा सहयोग पुर्याउने उद्देश्यले हेल्लो डाक्टर र कोभिड सहायता केन्द्र स्थापना गरिएको हो । सहायता केन्द्रबाट अस्पताल÷आइशोलेशन केन्द्र सहजीकरण, अक्सिजन सिलण्डिर, अस्पताल, एम्बुलेन्स, हवाई तथा यातायात व्यवस्थापन लगायतमा सहयोग/समन्वय भैरहेको छ । 

    कोभिड संक्रमण जटिल हुंदै गई अस्पताल जान समस्या परेकालाई नजिकको अस्पतालसम्म पुरयाउन, अस्पतालमा अक्सिजन सहितको आइसियू, भेन्टिलेटर बेड पाउन समस्या परेका, अक्सिन सिलिण्डर भर्न समस्या परेका, अक्सिजन सहितको सिलिण्डर, आईसोलेशन केन्द्र, रेमडेसिभर लगायतका अत्यावश्यक औषधि नपाएका र डाक्टरको परामर्श खोजिरहेकाहरूलाई केन्द्रबाट सहयोगको पहल भएको छ ।

    एम्वुलेन्स सहयोग खोज्नेका लागि व्यवस्थापन गरिदिने, अस्पतालमा भेन्टिलेटर, आइसियू सहितको बेड नपाउनेहरूका लागि सकभर नजिकको अस्पतालमा व्यवस्थापन गरिदिने, प्लाज्माको लागि पहल गरिदिने, अक्सिजन नपाएकालाई अक्सिजनको प्रबन्ध गरिदिने, रेमडेसिभर लगायतका अत्यावश्यक औषधि खोजेकालाई सकभर नजिकको स्थानबाट त्यस प्रकारका औषधि किन्ने प्रबन्ध मिलाई दिने काम गरेको छ । 

    कोभिड संक्रमण भई घरमा वस्ने ठाउं नपाएका निम्न आय भएका परिवारका सदस्यलाई खानपान र औषधिको उचित व्यवस्था सहितको आइशोलेशन केन्द्र मिलाई दिने, डाक्टरहरूसंग स्वास्थ्य परामर्शको उचित व्यवस्थापन गरिदिने लगायतको कार्यमा सहायता केन्द्र जुटिरहेको छ ।  

    आइशोलेशन नपाएकाहरूलाई महासंघले आफैले क्षेत्रपाटी र कमलपोखरीमा संचालन गरेको आइशोलेशन केन्द्रमा राख्ने प्रवन्ध मिलाई रहेको छ भने स्वास्थ्य परामर्शका लागि महासंघ आफैले संचालनमा ल्याएको हेल्लो डाक्टर मार्फत स्वास्थ्य परामर्श दिइरहेको छ । महासंघले संचालन गरेको आईसोलेशनका लागि महासंघका वर्तमान तथा पूर्व पदाधिकारीहरू, कार्यकारिणी समिति सदस्यहरू, उद्यमी व्यवसायीहरूले औषधि, स्वास्थ्य उपकरण÷सामग्रीहरू सहयोग गरेका छन् ।  

    कोभिडको दोस्रो लहरको संक्रमण अत्याधिक बढ्न जांदा मुलुकको स्वास्थ्य प्रणालीले नै थेग्न नसक्ने भएपछि आम सर्वसाधारणको स्वास्थ्य सुरक्षामा केही सहयोग गर्न सकियोस भनेर महासंघले कोभिड सहायता केन्द्र स्थापना गरेको हो । 

    महासंघका अध्यक्ष शेखर गोल्छाको अध्यक्षतामा सहायता केन्द्रको समन्वय महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले गरिरहनु भएको छ । कोभिड १९ सहायता केन्द्रलाई प्रभावकारी रूपमा अगाडि बढाउन जिम्मेवारी पनि बाँटफाँट गरिएको छ । 

    जस अनुसार अक्सिजन सिलिण्डर व्यवस्थापनतर्फ महासंघका उपाध्यक्ष रामचन्द्र संघई र कार्यकारिणी समिति सदस्य शौरभ ज्योति, अस्पताल आईसोलेशन केन्द्र सहजीकरणतर्फ कार्यकारिणी समिति सदस्य हेमराज ढकाल, पूर्व कास रविन श्रेष्ठ, अस्पताल व्यवस्थापनतर्फ कार्यकारिणी समिति सदस्य ई. देश बन्धु वस्नेत(अजित), बाबुकाजी कार्की, डा. केयुर गौतम र एम्बुलेन्स व्यवस्थापनतर्फ कार्यकारिणी समिति सदस्य रंजितराज आचार्यले समन्वय गरिरहनु भएको छ । 

    त्यसैगरी औषधि मेडिकल उपकरणतर्फ कार्यकारिणी समिति सदस्यहरू प्रवलजंग पाण्डे र भक्त बहादुर हमाल, होटल, हवाई तथा यातायात व्यवस्थापनतर्फ कार्यकारिणी समिति सदस्य ज्योत्सना श्रेष्ठ, होटल संघ नेपालका प्रथम उपाध्यक्ष विनायक शाह, पर्यटन समितिका सदस्य विनोद सापकोटाले समन्वय गरिरहनु भएको छ ।

    सचिवालयकातर्फबाट अधिकृतद्धय हरि पौड्याल र रिंकु घिमिरेले सहयोग गरिरहनु भएको छ । मुलुक संकटमा पर्दा महासंघले संस्थागत सामाजिक उत्तरदायित्वलाई मनन गरी हरेक पटक सहयोग पु¥याउंदै आएको छ । मुलुकले कहिल्यै भोग्नु नपरेको कोभिड महामारी कहिले नियन्त्रणमा आउने हो यकिन छैन ।

    महामारीको बढ्दो संक्रमणलाई नियन्त्रण गरी आम सर्वसाधारणको स्वास्थ्य सुरक्षा गर्नु यतिबेला सबैको परम कर्तव्य भएकाले आ–आफ्नो ठाउंबाट सकेको सहयोग गर्न र अधिकतम स्वास्थ्य सचेतना अपनाउन महासंघले सबैमा गम्भीर आग्रह गरेको छ । 

     


    images

    Logo