काठमाडाैं । खल्ती डिजिटल वालेटले ‘खल्ती लेख–स्टार’ को आयोजना गरेको छ । जस् अन्तर्गत ‘खल्ती लेख–स्टार’ बन्न जो कोहि व्यक्तिले खल्ती शब्दको अर्थ (वालेट र पकेट) खुल्ने गरि नेपाली भाषामा विभिन्न लेख रचना गरि पोस्ट गरि ‘खल्ती’ लाई पठाउनु पर्नेछ ।
इच्छुक व्यक्तिले आफ्नो कला पन्स्, पन्चलाईन, टंग ट्वीस्टर,कविता, उखान टुक्का, ट्याग लाइन्स, र्याप आदि मार्फत् सोसल मिडियामा प्रस्तुत गरी आफ्नो फेसबुक, इन्स्टाग्राम, ट्विटर, युटुब या टिकटकमा सेयर गर्नुपर्नेछ ।
पोस्ट गरे पश्चात आफ्नो पोस्टको लिंक खल्तीले प्रदान गरेको फारममा सम्पूर्ण विवरण सहित पठाई यस प्रतियोगितामा सहभागी हुन सकिनेछ । यो प्रतियोगिता चैत्र १५ गतेदेखि बैशाख १४ सम्म लागु हुने खल्तीले जनाएको छ ।