images
images

नेपाल राष्ट्र बैंकले बढायो आरटीजीएस सञ्चालनको समयसीमा 


  • 454
    SHARES
  • २०७८ चैत्र १६ गते बुधबार

    नेपाल राष्ट्र बैंकले बढायो आरटीजीएस सञ्चालनको समयसीमा 

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आरटीजीएस प्रणाली सञ्चालनको समयसीमा बढाएको छ । राष्ट्र बैंकले बुधबार एक सूचना जारी गर्दै २०७९ बैशाख २ गतेदेखि लागु हुनेगरी आरटीजीएस प्रणाली सञ्चालनको समयसीमा बढाइएको जानकारी गराएको हो । 

    अब यो प्रणाली माघ १६ देखि कात्तिक १५ गतेसम्म बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुनेछ । त्यस्तै, कात्तिक १६ गते देखि माघ १५ गते सम्म बिहान ९ बजे देखि बेलुका ४ बजेसम्म खुल्ने भएको छ । शुक्रबार भने बिहान ९ बजे देखि अपरान्ह १ः३० बजेसम्म सञ्चालन हुने राष्ट्र बैंकले जनाएको छ ।


    images

    Logo