images
images

स्टार्टअप एण्ड आइडिया फेष्ट २०२२ मा एनआइबीएल एस क्यापिटल सहभागि हुने


  • 531
    SHARES
  • २०७८ चैत्र २० गते आइतबार

    स्टार्टअप एण्ड आइडिया फेष्ट २०२२ मा एनआइबीएल एस क्यापिटल सहभागि हुने

    काठमाडौं ।  लिभिङ विथ आइसीटीले सातै प्रदेशमा इबिमाको मुख्य प्रायोजनमा स्टार्टअप एण्ड आइडिया फेष्ट २०२२ आयोजना आरम्भ गरेको छ । डिजिटल क्षेत्रमा क्रियाशिल स्थानीय नवप्रवद्र्धकहरुलाई प्रवद्र्धन गर्ने र आवश्यक लगानीसमेत जुटाउने समेत उद्देश्यले यो योजना आयोजना गर्न लागिएको हो । 

    आइतबार गण्डकी प्रदेशबाट  आरम्भ भएको यो कार्यक्रममा एनआइबीएल एस क्यापिटलले पनि सहभागिता जनाएको छ । संस्थागत परामर्शदाताको रुपमा सेवा प्रदान गर्दै आएको ल्एनआइबीएल एसले यस कार्यक्रममा सहभागीहरुलाई आफ्नो संस्थागत परामर्श सेवाको जानकारी गराउने र आफ्नो संस्थागत परामश सेवामार्फत् नविनतम योजना र सोचहरुलाई व्यवसायिक पूर्णता दिने उद्देश्य रहेको बताइएको छ । 

    एनआइबीएल एसले संस्थागत परामर्श सेवामार्फत् व्यवसायिक योजना बनाउन व्यवसायको सम्भाव्यता अध्ययन गर्ने ,पूँजी संकलन गर्ने,  ऋण संकलनमा वित्तिय संस्था र व्यवसायीबिच मध्यस्थता गर्ने र अन्य व्यवसायिक जटिलताहरुमा उचित परामर्श प्रदान गर्दै आएको छ । 


    images

    Logo