images
images

२७ वटै बैंकका सीईओहरुलाई बोलाएर राष्ट्र बैंकको दियो कडा निर्देशन


  • 1.1K
    SHARES
  • २०७८ चैत्र २१ गते सोमबार

    २७ वटै बैंकका सीईओहरुलाई बोलाएर राष्ट्र बैंकको  दियो कडा निर्देशन

    काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई विदेशी मुद्रा खर्च हुने सबै प्रकारका गतिविधिलाई नियन्त्रण गर्न कडा निर्देशन दिएको छ । आइतबार सबै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतलाई बोलाएर राष्ट्र बैंकले यस्तो निर्देशन दिएको हो ।

    साथै राष्ट्र बैंकले नयाँ गाडीको आयात रोक्न समेत निर्देशन दिएको छ । यो निर्देशन कार्यान्वयनमा आए अब राष्ट्र बैंकको अनुमतिभन्दा अगाडि कुौ पनि सवारीसाधन आयात गर्न सकिने छैन । 

    बैंकका सीइओहरुसँगको छलफलमा राष्ट्र बैंकका सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक देवकुमार ढकाल, अनुसन्धान विभागका डा प्रकाश श्रेष्ठ र विदेशी विनिमय विभागका रामु पौडेल सहभागी थिए । 

    भेटमा राष्ट्र बैंकले बैंकहरुलाई सीडी रेसियो कायम गर्न असारसम्मको समय रहैको समेत स्मरण गराएको थियो । अहिले अधिकांश बैंकहरुको सीडी रेसियो ९० प्रतिशत भन्दा माथि रहेको छ । त्यसलाई असार मसान्तसम्म ९० प्रतिशतको सीमामा झारिसक्नुपर्ने व्यवस्था गरिएको छ । 


    images

    Logo