images
images

हिम इलेक्ट्रोनिक्स र डोको रिसाइक्लर्स बीच सम्झौता


  • 638
    SHARES
  • २०७८ चैत्र २२ गते मंगलबार

    हिम इलेक्ट्रोनिक्स र डोको रिसाइक्लर्स बीच सम्झौता

    काठमाडौं । हिम इलेक्ट्रोनिक्स प्रालीले डोको रिसाइक्लर्ससँग सम्झौतामा हस्ताक्षर गरेको छ । पुराना इलेक्ट्रोनिक्स उत्पादनहरूको ई–फोहोर व्यवस्थापनको लागि सहकार्य गर्न हिम इलेक्ट्रोनिक्सले डोको रिसाइक्लससँग चैत्र १७ गते सम्झौता गरेको हो ।

    सम्झौतामा गोल्छा ग्रुपका भाइस प्रेसिडेन्ट  प्रभाकर एस थापा र डोको रिसाइक्लर्सका तर्फबाट नितेश श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
    यी दुवै कम्पनीहरु स्मार्ट सस्टेनिबिलिटीमा विश्वास गर्छन् र यो सम्झौतासँगै यिनीहरुको काम वातावरणमैत्री व्यापारिक अभ्यासतर्फ एक कदम अगाडि बढेको छ ।


    images

    Logo