images
images

गम्भीर संकटमा अर्थतन्त्र : गभर्नरले अर्थमन्त्रीलाई दिए १५ बुँदे कठोर सुझाव


  • 4.8K
    SHARES
  • २०७८ चैत्र २२ गते मंगलबार

    गम्भीर संकटमा अर्थतन्त्र : गभर्नरले अर्थमन्त्रीलाई दिए १५ बुँदे कठोर सुझाव

    काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थमन्त्री जनार्दन शर्मालाई अर्थतन्त्रमा अहिले देखिएका समस्या निराकरण गर्न १५ बुँदे सुझाव दिएका छन् । अधिकारीले शर्मालाई पत्र लेख्दै सुधारात्मक, नियन्त्रणत्मक र प्रवद्र्धनात्मक उपायहरुको अबलम्बन गर्न सुझाव दिएको हो । 

    उक्त सुझाबमा आइतबार पनि बिदा दिन, सवारी साधनमा जोरबिजोर लगाउन, निजी सवारी साधन आयातमा कर बढाउन, पेट्रोलियम पदार्थको आयातमा समेत सीमा तोक्न, विद्युतीय उपकरण दिइँदै आएको अनुदान घटाउन सुझाव दिइएको छ । 

    त्यस्तै, पेट्रोलियम पदार्थको आयातलाई ५ वर्षमा २० प्रतिशतले बक गर्ने नीति बनाउन, सबै प्रकारका व्यापारिक कर्जाहरु रोक्ने व्यवस्था गर्न, धेरै मूल्यका टेलिभिजन, मोबाइल सेट आयात रोक्न समेत सुझाव दिइएको छ । 

    त्यस्तै, केराउ, मरिच, छोकडा लगायतका वस्तुको आयात घटाउन, नेपाल भ्रमण गर्न चाहने पर्यटकको सुविधा घटाउन, नेपाल भ्रमण वर्षका कार्यक्रम सञ्चालन गर्न, हुन्डी लगायत गैरकानूनी कारोबारमा कडाइ गर्न समेत अधिकारीले सुझाव दिएका छन् । 

    डिनिटल भुक्तानी र बिप्रेषण आप्रवाहका लागि भने अधिकारीले सुविधा बढाउनुपर्ने सुझाव दिएका छन् । यसका लागि हप्तामा सातै दिन र चौबीसै घण्टा सहयोग गर्ने कक्ष राख्ने, बिप्रेषणामा ५० प्रतिशत अनुदानको व्यवस्था गर्ने तथा भारतबाट आउने रेमिट्यान्सलाई समेत औपचारिक माध्यमबाट लिने व्यवस्था गर्न माग गरिएको छ । 


    images

    Logo