images
images

नेपाल कोरिया मैत्रीनगर अस्पतालमा आजबाट स्वास्थ्य बिमा सेवा सूचारु


  • 536
    SHARES
  • २०७८ चैत्र २४ गते बिहीबार

    नेपाल कोरिया मैत्रीनगर अस्पतालमा आजबाट स्वास्थ्य बिमा सेवा सूचारु

    भक्तपुर । मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा आजबाट पुनःस्वास्थ्यबीमा सेवा सुरु भएको छ । सरकारले स्वास्थ्यबीमा वापतको ९ करोड रुपैयाँको भुक्तानी गर्न ढिलाई गरेपछि गत असोज १ गते बाट बन्द भएको स्वास्थ्यबिमा सेवा ६महिना पछि आजबाट पुनः सूचारु भएको हो । 

    आज अस्पताल व्यबस्थापन समितिका अध्यक्ष एवं नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले स्वास्थ्यबिमा सेवा शुभारम्भ गर्दै अब यस अस्पतालमा सेवालिदै आएका विरामीले उपचार र बिमाको सेवा प्राप्तीका लागि अन्त भौतारिनु नपर्ने बताए । अस्पतालले ६ महिना अगाडि बिरामीलाई दिदै आएको सम्पूर्ण सेवा र सुविधा आजदेखि पुनः सुचारु गरिएको बताए ।

    उनले स्वास्थ्यबिमा कार्यक्रम सरकारको एकदमै राम्रो र प्रभावकारी कार्यक्रम भएपनि रकम भुक्तानीमा हुने ढिलाइले समस्या आएको भन्दै अस्पताललाई बिमा बोर्डले तिर्नु पर्ने ९ करोड रुपैयाँ बाँकी भएपनि बाध्यभएर सेवा बन्द गर्नु परेको बताए । 

    यही चैत ११ गते स्वास्थ्य तथा जनसंख्यामन्त्री बिरोध खतिवडा र राज्यमन्त्री भवानी प्रसाद खापुङले नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको अनुगमन गरी बिमा वापतको बाँकी रकम भुक्तानी गर्ने तथा बिमा सेवा छिटो सुरु गराउने बताएका थिए ।
    नगर प्रमुख श्रेष्ठले स्वास्थ्य मन्त्रीले अनुगमन गरेपछि बाँकी रकम आएको र बिमा बोर्डले अब एकतर्फी रुपमा सेवा बन्द नगर्ने सहमति बनेपछि आजबाट सेवा सुरु गर्नु भएको बताए । 

    सेवा शुभारम्भ कार्यक्रममा नेकपा समाजवादी भक्तपुर जिल्ला अध्यक्ष श्याम बस्नेतले स्वास्थ्यबिमा सूचारु गराउने स्वास्थ्य मन्त्रीलाई ल्याएर अनुगमन गराएर यहाँका विरामीले पाएको समस्यकाबारेमा जानकारी गराएर पछि बिमा सूचारु गराउन सफलभएको बताए

    आज अस्पतालमा नगर प्रमुख श्रेष्ठ, समाजवादीका जिल्ला अध्यक्ष बस्नेत र माओवादी केन्द्रका नगर समिति अध्यक्ष श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरे । बिमा सेवा सुरु भएपछि आजैदेखि विरामीको चाप पनि अस्पतालमा बढेको छ । 

    दैनिक कम्तीमा ६ सय देखि बढीमा ७ सय जनासम्म बीमा कार्ड भएका बिरामी अस्पतालमा सेवा लिन आउँने गरेको नगर प्रमुख श्रेष्ठले बताए । यस अस्पतालमा बीमा कार्ड भएका बिरामीले बहिरङ्ग तथा अन्तरङ्ग सेवा, शल्यक्रिया, प्रसूति, फार्मेसी, ल्याब, फिजियोथेरापी, एक्सरेलगायत अस्पतालले प्रदान गरेका सम्पूर्ण सेवालिँदै आएका छन् ।

    हाल १ सय २ शय्या सञ्चालनमा रहेको यस अस्पतालमा १६ शय्याको आइसीयू, १५ थान भेन्टिलेटर, बच्चाका लागि दुई भेन्टिलेटर सञ्चालनमा छन् । आफ्नै अक्सिजन प्लान्ट स्थापना गर्दै कोरोना भाइरस सङ्क्रमित बिरामीको उपचारदेखि पिसीआर परीक्षणसम्ममा राम्रो काम गरेको अस्पतालका रुपमा चिनिएको थियो । 

    अस्पतालले सिटीस्क्यान, एमआरआई, मुटुका बिरामीका लागि क्याथल्याब, मिर्गौलाका बिरामीका लागि छ वटा डायलायसिस मेसिन सञ्चालन तयारी गरेको उनँले बताए । स्वास्थ्यबीमा कार्ड भएका बिरामीको प्रथमबिन्दु अर्थात् सिफािरस केन्द्रमध्येको एक यस अस्पतालले भक्तपुर जिल्लाका साथै काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछाप, सिन्धुली, दोलखादेखिका बिरामीलाई स्वास्थ्य बीमा अन्तर्गतको सेवा प्रवाह गर्दै आएको छ ।


    images

    Logo