काठमाडौं । सरकार गठन भएको ९ महिनापछि उद्योग मन्त्रालयले नयाँ मन्त्री पाएको छ । प्रधाननमन्त्री शेरबहादुर देउवाको सिफारि अनुसार कानून न्याय तथा संसदीय मामिलामन्त्री रहेका दिलेन्द्रप्रसाद बडुलाई उद्योग मन्त्रालयको जिम्मेवारी दिइएको हो ।
बडुको सरुवासँगै रिक्त रहेको कानून मन्त्रालयमा भने नयाँ मन्त्री नियुक्त गरिएको छ । देउवाले अधिवक्ता गोबिन्द बन्दीलाई कानूनमन्त्रीमा नियुक्त गरेका हुन् । बन्दी गैरसांसद व्यक्ति हुन् । गैरसांसद व्यक्ति मन्त्री बनेको अवस्थामा ६ महिनाभित्र सांसद बनिसक्नुपर्ने कानूनी व्यवस्था छ ।
मन्त्रिपरिषद् विस्तारका क्रममा प्रधानमन्त्री देउवाले गजेन्द्र हमाललाई मन्त्री नियुक्त गरी उद्योग मन्त्रालयको जिम्मा दिए पनि विवादपछि उनले २ दिनमै राजीनामा दिएका थिए । त्योबाहेक नयाँ सरकार गठनपछि मन्त्रालय रिक्तजस्तै छ । यद्यपि प्रधानमन्त्री शेरबहादुर देउवाले नै उक्त मन्त्रालय सम्हाल्नेगरी जिम्मेवारी तोकिएको थियो ।


