images
images

लाइसेन्सको नयाँ आवेदन जेठ १ बाट खुल्दै


  • 703
    SHARES
  • २०७८ चैत्र २७ गते आइतबार

    लाइसेन्सको नयाँ आवेदन जेठ १ बाट खुल्दै

    काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसेन्स) को नयाँ आवेदन दुई महिनापछि मात्रै खुला हुने भएको छ । नयाँ आवेदन आगामी जेठ १ गतेबाट खुला गर्ने तयारी यातायात व्यवस्था विभागले गरेको छ।

    नयाँ आवेदन दिनेको चाप बढेको र छाप्न बाँकी रहेको लाइसेन्सको काम सम्पन्न गर्न विभागले अहिले नयाँ आवेदन बन्द गरेको छ। विभागले अहिले आवेदनको पालो कुरिरहेका परीक्षार्थीको परीक्षा लिइरहेको छ। 

    नयाँ लाइसेन्सका लागि फाराम भर्नेको सङ्ख्या ५ लाख ७२ हजार पुगेको थियो । फाराम भरेकाको परीक्षाको पालो दुई वर्ष पछिसम्म परेको थियो। यो काम वैशाखसम्म सम्पन्न गरेर छिटो परीक्षा दिने व्यवस्थाको तयारीमा विभाग रहेको छ। 


    images

    Logo