काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वृद्धिदर ४ प्रतिशत मात्रै हुने देखिएका बताएका छन् । सोमबार अर्थमन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले ४ प्रतिशत बढने उल्लेख गरेका छन् ।
सरकारले ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य लिए पनि कोरोनाको कारण त्यो लक्ष्य हासिल गर्न असम्भव भएका शर्माले बताएका हुन् । अर्थतन्त्रको विषयमा भइरहेको हल्लाप्रति सरकारको गम्भीर ध्यानआकर्षण भएको उनको भनाइ छ ।
हाम्रो अर्थतन्त्रका सूचक सही छन्, वित्तीय मुद्रा सञ्चितीको अवस्था पनि ठीकै छ, रेमिट्यान्स बढाउनतर्फ हामी काम गरिहेका छौं,’ शर्माले भने । सरकारले अर्थतन्त्रको सुक्ष्म निगरानी अगाडि बढाएको उनको भनाइ छ ।