काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको विषयमा अर्थमन्त्री जनार्दन शर्मा जवाफ दिनबाट पन्छिएका छन् । सोमबार अर्थ मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले अहिले गभर्नरबारे छानबिन गर्न समिति गठन भएको भन्दै एक महिनाभित्र त्यो समितिले रिपोर्ट ल्याउने भन्दै पन्छिएका हुन् ।
उनले आफू व्यक्तिगत आरोपमा नउत्रिने भन्दै समितिको रिपोर्टलाई नै पर्खनुपर्ने बताए । ‘गभर्नरको बारेमा हामीले छानबिन समिति गठन गरेका छौं, त्यसलाई काम गर्न दिऔं, १ महिनामा रिपोर्ट आउँछ,’ शर्माले भने ।