images
images

खल्तीबाट वर्ल्डलिंकको बिल भुक्तानी गर्दा  १० प्रतिशत भ्याट फिर्ता हुने


  • 528
    SHARES
  • २०७८ चैत्र २९ गते मंगलबार

    खल्तीबाट वर्ल्डलिंकको बिल भुक्तानी गर्दा  १० प्रतिशत भ्याट फिर्ता हुने

    काठमाडाै‌ं । वर्ल्डलिंक प्रयोगकर्ताहरूले खल्ती मार्फत बिल भुक्तानी गर्दा १० प्रतिशत भ्याट रकमको  फिर्ता पाउने भएका छन् । खल्तीले  आन्तरिक राजस्व विभाग (आईआरडी) र वर्ल्डलिङ्कसँग समन्वय गरी साे कार्यलाई अगाडि बढाएको हो । 

     १० प्रतिशत भ्याट फिर्ताको साथै खल्तीले पहिले नै १. ५ प्रतिशत क्यासब्याक साथै १ सय क्यास्ब्याक अर्थतन्त्रलाई प्रोत्सहन गर्न वर्ल्डलिङ्क बिल भुक्तानीमा प्रोमो कोड प्रयोग गरी छुट प्रदान गरेको छ । अब थप १० प्रतिशत भ्याट फिर्ताले डिजिटल नेपाल तर्फ ६ लाख ५० हजार वर्ल्डलिङ्क घरपरिवारलाई सजिलै प्रत्यक्ष फाइदा पुर्याउनेछ ।  

    उपभोक्ताहरूले भ्याट रकमको चार्ज गरिएको १३ प्रतिशत भ्याट को १० प्रतिशत भ्याट फिर्ता पाउने  छ । यसका लागि खल्ती प्रयोगकर्ता उपभोक्ता  बर्गको हुनु पर्ने छ साथै वर्ल्डलिङ्क जडान पनि उपभोक्ता बर्गको हुनु पर्ने छ अर्थात यो सुबिधा व्यवसायिक कार्य प्रयोजनको लागि दिईने छैन । 


    images

    Logo