काठमाडौं । नेपाल ईन्भेष्टमेण्ट बैंक लिमिटेडको पुर्ण स्वामित्वमा रहेको एनआईबिएलएस क्याप्टिलले नयाँवर्ष २०७९ को पावनअवसरमा सम्पूर्ण लगानीकर्ताहरुमाझ विभिन्न आकर्षक योजनाहरु (अफर) ल्याएको छ । यस क्यापिटलले प्रदान गर्दै आइरहेको सेवाहरुमा विशेष छुटका साथै विभिन्न योजना ल्याएको हो ।
क्याप्टिलले नयाँ तथा पुराना हितग्राहीखाता दुबैलाई लागु हुन गरि मात्र २ हजार रुपैयाँमा जीवनभरलाई डिम्याट र मेरोशेयर नविकरण गर्ने मौका ल्याएको छ । साथै, लगानी व्यवस्थापन सेवामा आवद्घभई पहिलो वर्षमा ७० प्रतिशत वार्षिक शुल्क छुटको पनि अवसर रहेको छ ।
व्यवस्थित लगानी योजना तथा इकाई खरिद गरी ९ जनाभाग्यशाली विजेताले २०७९ बरावरको एनआईबिएल सहभागिता फण्डको इकाई जित्ने मौका पनी रहेको क्यापिटलले जनाएको छ ।
यो योजना २०७९ साल बैशाख १ गते देखि२०७९ साल असार १७ गतेसम्मको लागि, लागु हुने यस क्याप्टिलले बताएको छ ।


