images
images

अख्तियारले मृत्यु भइसकेका व्यक्तिसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा


  • 589
    SHARES
  • २०७९ बैशाख २ गते शुक्रबार

    अख्तियारले मृत्यु भइसकेका व्यक्तिसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    काठमाडौं ।  अख्तियार दुरूयोग अनुसन्धान आयोगले कैलालीको मोहन्याल गाउँपालिकाका तत्कालीन अध्यक्षसहित १४ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ ।

    तत्कालीन अध्यक्ष रावलसहित जनप्रतिनिधि, कर्मचारी र निर्माण व्यवसायीको मिलेमतोमा कैलालीको मोहन्याल गाउँपालिका भएर बग्ने पत्थरगढ, सेतो, सालघारी, गोडे, खण्डे, वादे, साउडे र कान्द्रा खोलारनदीबाट ढुंगारबालुवा अबैध रुपमा उत्खनन गरी सरकारी राजस्व हिनामिना गरेको अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको  छ । 

    आयोगले गाउँपालिकाका अध्यक्ष नवलसिंह रावल (हाल निधन), कार्यवाहक अध्यक्ष पूजादेवी बुढामगर, वडाअध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत गणेशदत्त ओझा, र निर्माण व्यवसायीसहित १४ जना विरुद्ध  भ्रष्टाचार मुद्दा लगाइएको अख्तियारले जनाएको छ। उनीहरूविरूद्ध नदीजन्य पदार्थको ठेक्का लगाउँदा भ्रष्टाचार गरेको आरोप छ। 

    मुद्दा दायर हुनेमा उपाध्यक्ष हाल कार्यबाहक अध्यक्ष पूजादेवी बुढा मगर, वडा नम्बर २ का वडा अध्यक्ष देवीदत्त उपाध्याय, वडा नम्बर १ का वडा अध्यक्ष नविन पुन मगर, वडा नम्बर ७ का वडा अध्यक्ष खरप्रसाद अधिकारी, वडा नम्बर ५ का वडा अध्यक्ष छविलाल हौजाली मगर, वडा नम्बर ४ का वडा अध्यक्ष टेकबहादुर बोगटी, वडा नम्बर ६ का वडा अध्यक्ष टिकाराम भण्डारी, वडा नम्बर ३ का वडा अध्यक्ष नन्दराम गिरीविरूद्ध भ्रष्टाचार मुद्दा लागेको छ। 

    साथै गाउँकार्यपालिका सदस्यहरु राधिका दमाई, तारा शर्मा र विशालकुमार पहराई समेतले गाउँ कार्यपालिकाबाट मिनाहाको निर्णय गरी ठेकदारलाई मिनाहा गरेको रकम र सो रकमको मूल्य अभिबृद्धि कर बापतको रकम गरी जम्मा ५४ लाख १८ हजार ५ सय ६८ रूपैयाँ सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरेको देखिएकोले मुद्दा लगाइएको अख्तियारको भनाइ छ।

    उनीहरू विरूद्ध ५४ लाख १८ हजार पाँच सय ६८ रूपैयाँ बिगो कायम गरी सजाय गर्न र जरिवाना लिनसमेत माग गरिएको छ। त्यस्तै, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओझा विरुद्ध छुट्टै ५६ लाख ३ सय ४८ रुपैयाँ बिगो तथा कैद सजाय मागदाबी गरिएको छ । 

    तत्कालीन अध्यक्ष रावलको निधन भइसकेका कारण उनको हकमा  चलअचल सम्पत्तिबाट बिगो असुलको माग गरिएको छ । 


    images

    Logo