images
images

कर्जा प्रवाहमा आक्रमक बन्दै बैंक तथा वित्तीय संस्था, ३९ अर्बमात्रै तरलता


  • 418
    SHARES
  • २०७८ बैशाख ९ गते बिहीबार

    कर्जा प्रवाहमा आक्रमक बन्दै बैंक तथा वित्तीय संस्था, ३९ अर्बमात्रै तरलता

    बैंक तथा वित्तीय संस्थाहरूले औसतमा चैत १ देखि वैशाख ६ सम्मको अवधिमा दैनिक ४ खर्ब ३७ करोडका दरले कर्जा प्रवाह गरिहरहेका छन् । यसरी कर्जाको माग बढ्दै जाने हो र सरकारले विकास निर्माणमा गर्ने खर्च गर्न नसक्ने हो भने अब छिट्टै वित्तीय क्षेत्रमा तरलताको अभाव हुने देखिएको छ । 

    काठमाडौं । कोभिड यता तरलता व्यवस्थापन गर्न धौ धौ परेको बैंक तथा वित्तीय संस्थाहरूमा अब भने यसकोे चाप पर्ने देखिएको छ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिनेहरू बढेसँगै वित्तीय संस्थामा तरलताको चाप बढ्न थालेको हो । वैशाख ६ गतेसम्म जम्मा बैंक तथा वित्तीय संस्थासँग जम्मा ३९ अर्ब रुपैयाँमात्रै तरलता रहेको छ । 

    अब यदि सरकारी खर्च नहुने हो भने बैंक तथा वित्तीय संस्थाहरूमा तरलताको चाप पार्नेे नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले जानकारी दिए । ‘बैंक तथा वित्तीय संस्थाहरूले आक्रमक रुपमा कर्जा विस्तार गरिरहेका छन्,’ उनले भने ‘चैतयतमात्रै १ खर्ब ६२ अर्ब रुपैयाँ कर्जा लगानी भएको छ । 

    बैंक तथा वित्तीय संस्थाहरूले औसतमा चैत १ देखि वैशाख ६ सम्मको अवधिमा दैनिक ४ खर्ब ३७ करोडका दरले कर्जा प्रवाह गरिहरहेका छन् । यसरी कर्जाको माग बढ्दै जाने हो र सरकारले विकास निर्माणमा गर्ने खर्च गर्न नसक्ने हो भने अब छिट्टै वित्तीय क्षेत्रमा तरलताको अभाव हुने देखिएको छ । 

    गत वर्षको यो अवधिमा कोभिडका कारणले कर्जा प्रवाह ठप्पै भएपनि यो वर्ष राम्रो कर्जा विस्तार भएको तथ्यांकले देखाएको छ । यदि बैंक तथा वित्तीय संस्थामा तरलताको चाप देखियो भने राष्ट्र बैंकले तरलता व्यवस्थापनको अन्य उपकरण प्रयोग गरेर पनि यसको व्यवस्थापन मिलाउन बैंकहरूलाई सहजीकरण गर्नेछ ।

    त्यसो त राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पनि तरलताको चाप बढ्यो भने त्यति नै बेला राष्ट्र बैंकले नयाँ नीति लिने पनि मौद्रिक नीतिको अर्धवार्षिक  समीक्षामा बताइसकेका छन् ।

    नेपाल बैंकर्स संघका अध्यक्ष तथा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले पनि कर्जाको माग बढ्दै गएको बताए । अहिले भएकै अनुसार बैंक तथा वित्तीय संस्थाको लगानी बढेर जाने हो भने लगानी योग्य पुँजीको अभाव हुन सक्ने उनले बताए । 

    गत फागनुसम्म बैंक तथा वित्तीय संस्थाहरूले जम्मा ३८ खर्ब ५८ अर्ब कर्जा प्रवाह गरेका थिए । अहिले सो कर्जा बढेर ४० खर्ब ३० अर्ब पुगेको छ । गत आर्थिक वर्षको चैतसम्म बैंक तथा वित्तीय संस्थाहरूले जम्मा ३६ खर्ब ६८ अर्ब रुपैयाँ कर्र्जा प्रावह गरेका थिए । 

    हाल बैंक तथा वित्तीय संस्थामा रहेको तरलता २७ वटा वाणिज्य बैंक,  १९ वटा विकास बैंक, २०फाइनान्स कम्पनी र ७६ वटा माइक्रोफाइनान्सको समेत तरलता हो । 

     


    images

    Logo