images
images

१० अर्ब २० करोडको ट्रेजरी  बिल जारी गर्दै नेपाल राष्ट्र बैंक


  • 393
    SHARES
  • २०७९ बैशाख ४ गते आइतबार

    १० अर्ब २० करोडको ट्रेजरी  बिल जारी गर्दै नेपाल राष्ट्र बैंक

    काठमाडौं । नेपाल राष्ट्र बैंकले १० अर्ब २० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न भएको छ । सोमबार बैंकले १० अर्ब २० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको हो । 

    बैंकका अनुसार ९१ दिन अवधिका लागि ५ अर्ब २० करोड रुपैयाँ छुट्याइएको छ भने १८२ दिन अवधिको लागि ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल छुट्याइएको छ । ९१ दिन अवधिको बिल आगामी साउन ३ गते परिपक्व हुनेछ भने १८२ दिन अवधिको बिल आगामी कात्तिक १ गते परिपक्व हुनेछ । 

    यी ट्रेजरी बिलको सोमबार दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ । बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन् ।


    images

    Logo