images
images

४१ अंकले घट्यो नेप्से, डेढ अर्बमा खुम्चियाे काराेबार


  • 426
    SHARES
  • २०७९ बैशाख ५ गते सोमबार

    ४१ अंकले घट्यो नेप्से, डेढ अर्बमा खुम्चियाे काराेबार

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४१. ७७ अंकले घटेर २ हजार ३ सय ४३ दशमलव ८७ मा पुगेको छ । आज २ सय २९ कम्पनीको १ अर्ब ५३ करोड बराबरको ३८ लाख ७६ हजार कित्ता शेयर किनबेच भएको छ । कारोवार रकम भने आइतबारको तुलनामा वृद्धि भएको छ ।

    सोमबार कारोवारमा आएका सवै परिसुचकका समुहहरु राताम्मे भएका छन् । ४ करोड ९६ लाख रुपैयाँभन्दा बढीसहित नबिल बैंक कारोबार रकममा अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः हिमालयन डिष्टिलरी र महालक्ष्मी विकास बैंक परेका छन् ।

    आज बजारमा गिरावट आउँदा पनि १ कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । सकारात्मक सर्किट लाग्नेमा नेष्डो समृद्ध लघुवित्त रहेको छ ।


    images

    Logo