images
images

गठबन्धनले टुङ्ग्यायो महानगर र उपमहानगरको भागबण्डा, पार्टीभित्रको चुनावी दाैड सुरु


  • 612
    SHARES
  • २०७९ बैशाख ७ गते बुधबार

    गठबन्धनले टुङ्ग्यायो महानगर र उपमहानगरको भागबण्डा, पार्टीभित्रको चुनावी दाैड सुरु

    काठमाडौं । सत्तारुढ पाँचदलीय गठबन्धनबी महानगरपालिका र उपमहानगरपालिकाको भागबण्डामा सहमति जुटेको छ । आज बसेको सत्तारुढ दलका शीर्ष नेताको बैठकले उम्मेदवारको भागबण्डा टुंग्याएको हो ।

    सहमति अनुसार अनुसार काँग्रेसले काठमाडौं र ललितपुर र विराटनगरको मेयर पाएको छ । त्यस्तै, माओवादीले भरतपुर, एकीकृत समाजवादीले पोखरा र जनता समाजवादी पार्टीले वीरगञ्जको मेयर पाउनेछ । 

    त्यस्तै, भरतपुर र पोखरा महानगरपालिकाको उपमेयरको पद काँग्रेसले पाउनेछ । ललितपुर महानगरपालिकाको उपमेयर माओवादीले पाउनेछ । त्यस्तै, एकीकृत समाजवादीले काठमाडौं महानगरपालिका उपमेयर पाउनेछ । जनता समाजवादी पार्टीले विराटनगरको उपमेयर पाउनेछ ।

    उपमहानगरपालिकातर्फ कांग्रेसले धरान, इटहरी, कलैया, बुटवल, तुलसीपुर, नेपालगञ्ज, धनगढीको मेयर पद लिनेछ भने जितपुर सिमरा, घोराही र हेटौंडाको उपमेयर लिनेछ । 
    नेकपा माओवादी केन्द्रले जितपुर सिमरा र घोराही उपमहानगरपालिकाको मेयर पद लिनेछ भने धरान र धनगढीको उपमेयर लिनेछ ।

    नेकपा एकीकृत समाजवादीले हेटौंडा उपमहानगरपालिकाको मेयर पद लिनेछ भने इटहरी, बुटवल र तुलसीपुरको उपमेयर लिनेछ ।

    जनता समाजवादी पार्टीले जनकपुर उपमहानगरपालिकाको मेयर र कलैया र नेपालगञ्जको उपमेयर लिनेछ ।

    sahamati-1.jpg

    sahamati.jpg


    images

    Logo