images
images

एनआईसी एशिया क्यापिटलको पूँजीबजार साक्षरता सम्बन्धी कार्यक्रम बीरगञ्जमा


  • 544
    SHARES
  • २०७९ बैशाख ११ गते आइतबार

    एनआईसी एशिया क्यापिटलको पूँजीबजार साक्षरता सम्बन्धी कार्यक्रम बीरगञ्जमा

    काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले देशप्रदेश अन्तर्गत होटल पूजन, आदर्श नगर, बीरगञ्जमा तेश्रोप्रदेश स्तिरीय पूँजीबजार साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । 

    उक्त कार्यक्रममा क्यापिटलका प्रमुख मर्चेण्ट बैंकिङ्गका दामोदर रायमाझी र प्रमुख संचालन÷लगानीअधिकृत मनिष घिमिरेले डिम्याट खाता, प्रथामिक शेयर, धितोपत्रको दोश्रो बजार,मुद्राबजार उपकरणहरु, सामूहिकलगानी कोष, दोश्रो बजारमा सूचिकृत कम्पनीहरुमा लगानी गर्दा कहिले कसरी लगानी गर्ने भन्ने विषयमा छलफल गरिएको थियो । 

    साथै लगानी सम्बन्धी निर्णय लिदाँ ध्यानदिनुपर्ने कुराहरु लगायत समग्र पूँजीबजारको पछिल्लो अवस्थाको सम्बन्धमा बिस्तृत जानकारी पनि सोही छलफलमा गरिएको थियो । 

    मर्चेण्ट बैंकहरु उपत्यका केन्द्रित रहेको र काठमाण्डौ उपत्यका बाहिरबाट मर्चेण्ट बैंकहरुले प्रदान गर्ने सेवा प्राप्त गर्न निकै असहज भएको जनगुनासो बारम्बार आउने गरेको हुँदा उपत्यका बाहिरबाट कसरी मर्चेण्ट बैंकहरुले उपलब्ध गराएको सेवालिन सकिन्छ र नयाँ लगानीकर्ताहरुलाई सहज रुपमा पूँजबारमा आबद्ध भई सुरक्षित रुपमा शेयर कारोवार गर्न सकुन भन्ने उद्देश्यका साथ उक्त साक्षरता कार्यक्रम आयोजना गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ ।  

    उक्त कार्यक्रममा ७० जनाभन्दा बढी लगानीकर्ताहरुको सहभागिता रहेको थियो । क्यापिटलले आगामी दिनमा सोही प्रकृतिको साक्षरता कार्यक्रम अन्य प्रदेशहरुमा समेत गर्ने व्यहोरा जानकारी गराएको छ । 

     


    images

    Logo