काठमाडौं । विशाल बजार कम्पनीको शेयरका लगानीकर्ताको आकर्षण देखिएको छ । साढे २ महिना भन्दा बढी अवधिपछि पहिलोपटक खुलेको सो कम्पनीको शेयर कारोबारले सकारात्मक सर्किटको दिशा समातेको हो ।
आइतबार बजार खुल्नेबित्तिकै कम्पनीको शेयर १० प्रतिशतले बढेको थियो । यो समाचार तयार पार्दासम्म विशालबजार कम्पनीको शेयर ५ सय ५ कित्ता मात्रै कारोबार भएको छ । जबकी बजारमा सो कम्पनीको शेयरको माग ५० हजार कित्ता भन्दा बढी छ ।
नेप्सेले लेखापरीक्षण प्रतिवेदन र वित्तीय विवरण नबुझाएको भन्दै सो कम्पनीको कारोबार रोकेको थियो ।
किन बढ्यो मूल्य ?
जनवरी २८ मा वित्तीय सो कम्पनीको कारोबार हुँदा नेप्से २ हजार ४ सय २५ अंकमा कारोबार भइरहेको थियो । अहिले यस्तो परिसूचक २ हजार ६ सय भन्दा माथि पुगिसकेको छ । विशालबजारको शेयरमा समग्र बजारको असर परेको हो । वित्तीय विवरण र लेखापरीक्षण विवरणको समस्या समाधान भएर खुलेको अवस्थामा यसको थप सकारात्मक प्रभाप परेको हुनसक्ने विश्लेषकहरुको बुझाई छ । 


