काठमाडौं । मातातीर्थ औंसी अर्थात आमाको मुख हेर्ने दिनको अवसरमा अनलाइन शपिङ प्लेटफर्म ग्यापुले विभिन्न अफरहरू ल्याएको छ । आमाको मुख हेर्ने दिनमा आफ्नो ममतामयि आमालाई ग्यापुबाट विभिन्न आकर्षक उपहारहरु खरिद गरि उपहार स्वरुप दिन सकिनेछ ।
यस अफर अन्तर्गत जहाँ भएपनि आफ्नो आमालाई बुधबार देखि शुक्रबार सम्म छुट सहित उपहारहरू पठाउन सकिनेछ । यस अफरमा ग्राहकले ७० प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् । साथै २ हजार रुपैयाँको सामाग्री खरिद गर्दा १सय रुपैयाँ छुट प्राप्त गर्न सकिनेछ ।
साथै आमाको मुख हेर्ने दिन विशेष स्वरुप ग्यापुको फोटो कन्टेस्टमा पनि सहभागी हुन सकिनेछ । यसको लागि आफ्नो आमासँग सेल्फि खिचेर आफ्नो म्यासेज लेखेर ग्यापुलाई ट्याग गरि आफ्नो सामाजिक सञ्जालमा पोस्ट गर्नुपर्ने हुन्छ ।
यस कन्टेस्टमा जित्ने ग्राहकहरूले ५ सय रुपैयाँको ग्यापुको गिफ्ट भौचर, ५ सय रुपैयाँको एक्सेलट्रिपको गिफ्ट भौचर, पोखराको कल्चर रिसोर्टमा एक रात बसाई, डिजि मेडिकलको तर्फबाट निशुल्क स्वास्थ्य परिक्षण तथा युनिक्याम्पसको तर्फबाट निशुल्क आईईएलटीएसको कक्षा लिने मौका पाउन सक्नेछन् ।
त्यस्तै गरी आफ्नो आमासँग टिकटक भिडिओ बनाएर टिकटक कन्टेस्टमा पनि भाग लिन सकिनेछन । यो कन्टेस्टमा जित्ने सहभागीहरूले युनिक्याम्पसको तर्फबाट निशुल्क आईईएलटीएसको कक्षा, पोखराको कल्चर रिसोर्टमा दुई रात बसाई, ग्यापुको तर्फबाट २ हजार ५ सय रुपैयाँ बराबरको सपिङ भौचर, डिजि मेडिकलको तर्फबाट निशुल्क स्वास्थ्य जाँच र एक्सेल ट्रिपको तर्फबाट ५ सय रुपैयाँको भौचर प्राप्त गर्न सकिन्छ ।
यो सँगै यदि पोखराको कल्चर रिसोर्टमा दुई दिन एक रातको भ्याकेसन प्याकेज जित्नको लागि इन्स्टाग्राम कन्टेस्ट तपाईंको आमालाई के मनपर्छ ? मा सहभागी हुन सकिनेछ ।


