images
images

मेगा बैंकद्वारा नेपाल प्रहरीलाई पकेट नोट बुक सहयोग


  • 647
    SHARES
  • २०७९ बैशाख १६ गते शुक्रबार

    मेगा बैंकद्वारा नेपाल प्रहरीलाई पकेट नोट बुक सहयोग

    काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत नेपाल प्रहरीलाई दुई हजार थान पकेट नोट बुक सहयोग गरेको छ । 

    मेगा बैंक नेपाल लिमिटेडका कुलेश्वर शाखा प्रबन्धक सुनिल चौलागाईंले महानगरीय प्रहरी परिसर, टेकुलाई दुई हजार थान पकेट नोट बुक हस्तान्तरण गरे। 

    स्थानीय तह निर्वाचन २०७९ लाई लक्षित गरी शान्ति सुरक्षामा खटिने नेपाल प्रहरीलाई काम गर्न थप सहज होस् भन्ने हेतुले बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत सहयोग गरेको हो । सुरक्षा मार्ग निर्देशनसहित पकेट नोट बुक तयार गरिएको बैंकले जनाएको छ ।    


    images

    Logo