images
images

स्थानीय तहमा निर्वाचनमा कुन पार्टीको कति छन् उम्मेदवार ?


  • 611
    SHARES
  • २०७९ बैशाख १७ गते शनिबार

    स्थानीय तहमा निर्वाचनमा कुन पार्टीको कति छन् उम्मेदवार ?

    काठमाडौं । स्थानीय तहको निर्वाचनमा १ लाख ५३ हजार २ सय २० जनाले प्रतिस्पर्धा गर्ने भएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको उम्मेदवारको विवरण अनुसार कुल ३५ हजार २ सय २१ जना जनप्रतिनिधिका लाथि सो बराबरको उम्मेदवारी दर्ता गरिएको हो ।

    त्यसरी दर्ता भएकामा २ सय ९३ नगर प्रमुखका लागि ३५१७ जना, ४ सय ६० गाउपालिका अध्यक्षका लागि ३१९४ जना उम्मेदवार बनेका छन् । 

    त्यस्तै, नगर उपप्रमुखका लागि २१७५ जना र उपाध्यक्षको २४०७ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।  हाल देशभर रहेका ६ हजार ७ सय ४३ वडाध्यक्षका लागि भने ३५ हजार ४ सय जनाले उम्मेदवारी दर्ता गराएका छन् । 

    त्यस्तै, वडा सदस्यमा महिला कोटातर्फ २६ हजार ५ सय ७२ जना र लसलत महिला सदस्यतर्फ २३ हजार ९ सय ६२ जनाको उम्मेदवारी परेको छ । वडा सदस्य पदमा खुलातर्फ २ जनामध्ये ५५ हजार ७ सय ९५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । 

    कुन पार्टीको कति उम्मेदवारी ? 

    यसपटक स्थानीय तह निर्वाचका लागि नेकपा एमाले सबैभन्दा बढी ३३ हजार ५ सय ३ जना उम्मेदवार उठाएको छ । एमालेले ७ सय ५३ स्थानीय तहमध्ये ७ सय ३३ वटामा पालिका प्रमुख र ७ सय ३१ तहमा उपप्रमुख उठाएको छ । त्यस्तै, ६ हजार ७ सय ३० वडाध्यक्ष मध्य ६ हजार ५ सय २३ जना वडाध्यक्ष उठाएको छ ।

    त्यस्तै, नेपाली काँग्रेसले ३१ हजार ४ सय २५ जना उम्मेदवार उठाएको छ । जसमध्ये ६ सय ४६ तहमा प्रमुख र ५ सय ७२ तहमा उपप्रमुख उठाएको छ । वडाध्यक्षतर्फ भने ६ हजार १ सय ४२ जना वडाध्यक्ष उठाएको छ ।

    नेकपा माओवादी केन्द्रले २२ हजार २ सय ७९ जना उम्मेदवार उठाएकोमा ४ सय ६४ तहमा प्रमुख र ५ सय ३३ तहमा उपप्रमुख उठाएको छ । वडाध्यक्षतर्फ भने ४ हजार ४ सय ४९ जना वडाध्यक्ष उठाएको छ । 

    उम्मेदवारको संख्याका आधारमा चौथो नम्बरमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले १२ हजार ७ सय ५२ जना उम्मेदवार उठाएको छ । जसमध्ये प्रमुखका लागि ५ सय ४८ जना, उपप्रमुखका लागि ४ सय ३८ जना र वडाध्यक्षको लागि ३ हजार १ सय ८९ जना उम्मेदवार उठाएको छ ।

    पाँचौं नम्बरमा रहेको एकीकृत समाजवादी पार्टीले ११ हजार ३ सय ३० जना उम्मेदवार उठाएको छ । जसमध्ये प्रमुखका लागि ३ सय ३८ जना, उपप्रमुखका लागि २ सय १९ जना र वडाध्यक्षको लागि २ हजार ४ सय ३८ जना छन् । 

    जनता समाजवादी पार्टीले प्रमुखका लागि ३ सय ५१, उपप्रमुखका लागि २ सय ९५ जना उपप्रमुख र २ हजार ८३ वडाध्यक्ष र सदस्यहरुसहित कुल ९ हजार ४ सय ८१ जना उम्मेदवार उठाएको छ । 

    उता, सीके राउत नेतृत्वको जनतम पार्टीले प्रमुखका लागि १ सय ८०, उपप्रमुखका लागि १ सय ६४ जना उपप्रमुख र १ हजार २ सय २० वडाध्यक्ष र सदस्यहरुसहित कुल ५ हजार ८ सय १० जना उम्मेदवार उठाएको छ ।

    लोकतान्त्रिक समाजवादी पार्टीले प्रमुखका लागि १ सय ७२, उपप्रमुखका लागि १ सय ५९ जना उपप्रमुख र १ हजार ३३ वडाध्यक्ष र सदस्यहरुसहित कुल ४ हजार ७ सय ६१ जना उम्मेदवार उठाएको छ ।

    पाँचदलीय गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चाले ८५ जना प्रमुख, ४७ जना उपप्रमुख र २ सय २५ जना वडाध्यक्ष सहित ८ सय ८३ जना उम्मेदवार उठाएको छ ।

    निर्वाचनमा स्वतन्त्र रुपमा उम्मेदवारी दिनेको संख्या १२ हजार ७ सय ८९ जना रहेको छ । त्यसमध्ये स्थानीय तह प्रमुखका लागि २ हजार ५ सय ३५ जना, उपप्रमुखका लागि ७ सय ६५ जना उपप्रमुख र ५ हजार ९ सय २० जना वडाध्यक्ष रहेका छन् ।

    local election.jpg


    images

    Logo