images
images

आईजीपी नियुक्ति आजै गर्ने तयारी, को बन्ला नयाँ प्रहरी प्रमुख ?


  • 722
    SHARES
  • २०७९ बैशाख १८ गते आइतबार

    आईजीपी नियुक्ति आजै गर्ने तयारी, को बन्ला नयाँ प्रहरी प्रमुख ?

    काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्तिको तयारी अघि बढेको छ । आइतबार बोलाइएको मन्त्रिपरिषद् बैठकले दुई आईजीपी नियुक्त गर्नसक्ने जनाइएको छ । 

    नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा र सशस्त्र प्रहरीका महानिरीक्षक पुष्पराम केसी  दुवैको पदावधि आज सकिँदैछ ।  ३० बर्षे पदावधि सकिएर अनिवार्य अवकाशमा जानुअघि नयाँ महानिरीक्षकको नियुक्ति गर्न लागिएको हो । 

    बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको सुरक्षा संयन्त्रलाई प्रभावकारी बनाउन समेत तत्कालै आईजीपी नियुक्त गर्न लागिएको हो । 

    प्रहरीमा अतिरिक्त महानिरीक्षक (एआईजी) मध्येबाट एक जनालाइ मन्त्रिपरिषदले आईजीपी नियुक्त गर्नसक्ने व्यवस्था छ । अहिले नेपाल प्रहरीमा ९ जना एआईजी छन् । तीमध्ये ८ जना जनपद र १ जना प्राविधिक तर्फबाट छन् ।

    अहिले नेपाल प्रहरीमा विश्वराज पोखरेल पहिलो वरियताका एआईजी छन् । उनलाई आईजीपीका प्रबल दाबेदार मानिएको छ । तर, वरियता मिचेर आईजी बनाएको खण्डमा भने धिरजप्रताप सिंहलाई प्रबल दाबेदार मानिएको छ ।

    सशस्त्र प्रहरीमा भने हालै एआईजी भएका राजु अर्याललाई महानिरीक्षक बनाउने सम्भावना छ । 


    images

    Logo