images
images

नवनियुक्त महानिरीक्षकले सोमबार पदबहाली गर्दै, वरिष्ठ एआईजीहरु ३० दिने बिदामा


  • 986
    SHARES
  • २०७९ बैशाख १८ गते आइतबार

    नवनियुक्त महानिरीक्षकले सोमबार पदबहाली गर्दै, वरिष्ठ एआईजीहरु ३० दिने बिदामा

    काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक धिरजप्रताप सिंहले सोमबार पदभार ग्रहण गर्ने भएका छन् । मन्त्रिपरिषद् बैठकबाट आज आईजीपी बनेका सिंहले सोमबार बिहान ८ः४५ बजे गृह मन्त्रालयमा ज्र्यानी चिन्ह लिएपछि १० बजे पदबहाली गर्नेछन् । 

    उता वरियता मिचेर आईजीपी बनाइएपछि वरिष्ठ एआईजीहरु विश्वराज पोखरेल र सहकुल थापा भने बिदामा बसेका छन् । पाेखरेल आजदेखि ३० दिन र थापा भाेलीदेखि १० दिन बिदामा बस्ने भएका हुन् । आईजिपीको पदभार टार्न र सर्वोच्च अदालतमा न्यायिक प्रक्रियामा जानका लागि उनीहरु बिदामा बसेका हुन् ।  पोखरेल सिंह भन्दा १८ महिना र थापा १० महिना अघि प्रहरी अतिरिक्त महानिरीक्षक नियुक्त भएका थिए ।

    दुवैजना अन्यायमा परेको भन्दै सोमबार सर्वोच्च अदालतमा संयुक्त रुपमा रिट दायर गर्ने तयारीमा छन् । त्यसका लागि उनीहरु कानुन व्यवसायीसँग परामर्शमा जुटेको एआईजी पोखरेल निकट श्रोतले जनाएको छ ।


    images

    Logo