काठमाडौं । इन्टरनेट सेवामा क्रान्तिसँगै विश्वमा इन्टरनेटको प्रयोग व्यापक बन्दै गएको छ । प्रयोगमा भएको विस्तारसँगै यसको मूल्यमा समेत व्यापक कमी आउँदै गएको छ । तर, पनि विश्वमा इन्टरनेट सेवाको मूल्यमा व्यापक भिन्नता अझै पनि रहने गरेको पाइन्छ ।
बेलायती बेभसाइट अबदभि।अय।गप ले विश्वका २३० देशमा मोबाइल इन्टरनेटको शुल्कको बारेमा सर्भेक्षण गरेको छ । यो रिपोर्टले मोबाइल इन्टरनेटको शुल्क प्रतिजीबी अमेरिकी डलर ०.०२ देखि ७६८.८७ सम्म रहेको देखिएको छ ।
सो वेभसाइटका आधारमा इजरायल विश्वकै सबैभन्दा सस्तो इन्टरनेट पाइने मुलुकमध्ये इजरायल पहिलो नम्बरमा रहेको छ । इजरायलमा प्रतिजीबी औसत अमेरिकी डलर ०.०५ मा इन्टरनेट सेवा उपलब्ध हुने गरेको छ । यो देशमा सबैभन्दा सस्तो इन्टरनेट अमेरिकी डलर ०.०२ मा पाउने गरिएको छ । नेपाली विनिमय अनुसार यो प्रतिजीबी २ रुपैयाँ ४० पैसा हो ।
उता सबैभन्दा महँगो इन्टरनेट सेवा भएको मुलुकमा इक्वेटोरियल गिनीमा प्रतिजीबी औसत अमेरिकी डलर ४९.६७ पर्ने गरेको छ । विश्वमा सबैभन्दा महँगो इन्टरनेट भने ग्रीसमा पर्ने गरेको छ ।
पश्चिम युरोपियन यस मुलुकमा प्रतिजीबी ७६८.८७ डलर पर्ने गरेको छ । नेपाली विनिमयदर अनुसार यो प्रतिजीबी ९२ हजार रुपैयाँ भन्दा बढी हो ।
नेपालमा कति पर्छ इन्टरनेटको मूल्य ?
बेभसाइटका अनुसार नेपालमा इन्टरनेट प्रतिजीबी औसत अमेरिकी डलर ०.६१ डलर अर्थात् ७३ रुपैयाँ पर्ने गरेको छ । यहाँ सबैभन्दा सस्तो इन्टरनेट २४.४७ रुपैयाँमा पाउँदा सबैभन्दा महँगो इन्टरनेट प्रतिजीबी ३०८.३३ रुपैयाँसम्म पर्ने गरेको छ ।
सन् २०२० मा यस्तो शुल्क ०.८६ डलर थियो भने २०१९ मा २.२५ डलर पथ्र्यो ।
यी हुन् महँगा इन्टरनेट भएका देशहरु (प्रतिजीबी अमेरिकी डलर)
इक्वेटोरियल गिनी : ४९.६७
फल्कल्याण्ड टापु : ४४.५६
सेन्ट हेलेना : ३९.८७
साओ टोम र प्रिन्सिपे : ३०.९७
मलावी : २५.४६
चाड : २३.३३
तुर्किमिस्तान : २१.४१
टोकेलाव : २०.४८
बर्मुडा : १९.८०
यमन : १५.९८
कोकोस आइसल्याण्ड : १३.४७
केम्यान आइसल्याण्ड : ११.९७
क्यारिबियन नेदरल्याण्ड्स : १०.९४
यी हुन् सस्ताे इन्टरनेट भएका देशहरु (प्रतिजीबी अमेरिकी डलर)
इजरायल : ०.०५
किर्गिस्तान : ०.१५
फिजी : ०.१९
इटाली : ०.२७
सुडान : ०.२७
रसिया : ०.२९
मेल्डेभा : ०.३२
बंगलादेश : ०.३४
श्रीलंका : ०.३८
चिली : ०.३९
यी हुन् अन्य देशमा इन्टरनेटकाे मूल्य (प्रतिजीबी अमेरिकी डलर)
भारत : ०.६८
चीन : ०.५२
भुटान : ०.८३
पाकिस्तान : ०.५९
अमेरिका : ३.३३
बेलायत : १.४२


