images
images

मेलम्चीको पानी बुधबारदेखि भक्तपुरमा


  • 521
    SHARES
  • २०७८ बैशाख ९ गते बिहीबार

    मेलम्चीको पानी बुधबारदेखि भक्तपुरमा

     

    काठमाडौ । भक्तपुरमा आजदेखि मेलम्ची खानेपानी वितरण सुरु भएको छ । मध्यपुरथिमि नगरपालिकाको वडा–९ मा रहेको टिगनीस्थित खानेपानी ट्याङ्कीमार्फत पानी वितरण सुरु गरिएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड ९केयूकेएल० का कार्यकारी प्रमुख मिलन शाक्यले जानकारी दिए ।

    बिहीबारदेखि सुरुभएको पानी वितरण कार्य अन्तर्गत् दैनिक ३० लाख लिटर पानी नगरपालिका क्षेत्रभित्र वितरण गरिने काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले जनाएको छ । 

    बुधबार भक्तपुर क्षेत्र नं २ का सांसद एवं पूर्वमन्त्री महेश बस्नेत र मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले संयुक्त रुपमा खानेपानीको उद्घाटन गरेका हुन् । 

    उद्घाटन समारोहमा बोल्दै सांसद बस्नेतले भने, “पहिलो चरणमै भक्तपुरमा मेलम्चीको पानी झार्न हामी सफल भयौँ, अब स्थानीयवासीले पानीको समस्या भोग्नु गर्दैन ।” 

    पहिलो चरणमा मध्यपुरथिमिभित्र लोकन्थली, कौशलटार, गठ्ठाघर, बालकुमारी, चपाचो, नगदेशलगायत क्षेत्रमा पानी वितरण गरिने छ ।  पानीको अभाव भएको ठाउँलाई प्राथमिकतामा राखेर पानी वितरण गर्नलागिएको सांसद बस्नेतले जानकारी दिए । 

    उनले नीलबाराहीमा थप पानी ट्याङ्की निर्माण गर्नुपर्ने र कर्मचारी नियुक्तिमा स्थानीयवासीलाई प्राथमिकता दिनेपर्ने बताए । 

    त्यस्तै, मध्यपुर थिमी नगरपालिकाका प्रमुख श्रेष्ठले १९ करोडको लागतमा ट्र्याक लाइन विस्तार गरेकाले मध्यपुरथिमिमा मेलम्चीको पानी चुहावट हुने सम्भावना निकै कम रहेको बताए । “मेलम्चीको पानी काठमाडौँ आउने कथा मात्रै हो भन्नेलाई सरकारले पानी ल्याएर देखाइदिएको छ” श्रेष्ठले भने “बोडे टिगनीबाट काठमाडौँ अनामनगर पठाइएको पानी मेलम्ची आएपछि रोकेर लोकन्थलीमा वितरण गर्ने प्रणालीको विकास गरिएको छ ।”
    केयूकेएलका कार्यकारी प्रमुख शाक्यले मेलम्चीको पानी काठमाडौँ झरेपछि ९० प्रतिशत पानी काठमाडौँमा वितरण भएपनि १० प्रतिशत पानी चुहावट भएको बताए । कार्यक्रममा आयोजना कार्यान्वयन निर्देशनालयका कार्यक्रम निर्देशक कमलराज श्रेष्ठले १७ करोड लिटर पानी प्रणालीमा आएपछि भक्तपुरको पुरानो प्रणालीबाट पानी वितरण शुरु हुने बताए । 

    मेलम्चीमा नियमित पानी आउने र यहाँ हिउँ पग्लेरसमेत पानी आउने भएकाले अब पानीको समस्या नहुने भन्दै उनले आगामी तीन वर्षपछि नयाँ परियोजना सकिएर व्यवस्थितरूपमा सबै ठाउँमा मेलम्चीको अन्तर्राष्ट्रिय गुणस्तरयुक्त पानी वितरण गर्न सकिने बताए ।

     


    images
    images

    Logo