images
images

गभर्नरले ब्याजदर बढ्छ भन्दैगर्दा कस्तो छ बैंकहरुको निक्षेप र कर्जा विस्तार ?


  • 550
    SHARES
  • २०७९ बैशाख २१ गते बुधबार

    गभर्नरले ब्याजदर बढ्छ भन्दैगर्दा कस्तो छ बैंकहरुको निक्षेप र कर्जा विस्तार ?

    काठमाडौं । बैशाख लागेपछि बैंक तथा वित्तीय संस्थाको निक्षेप घट्न थालेको छ । नेपाल बैंकर्स संघका अनुसार चैत मसान्तदेखि बैशाख १६ गतेसम्म  निक्षेप २१ अर्बले घटेर ४ हजार ३ सय ६८ अर्ब रुपैयाँ कायम भएको छ । 

    निक्षेप घटेपछि बैंकहरुले कर्जा लगानीइ ठप्प पारेका छन् । चैत मसान्तसम्म ४ हजार १ सय ९७ अर्ब कर्जा प्रवाह गरेका बैंकहरुले यो अवधिमा थप कर्जा प्रबाह गर्न सकेका छैनन् । 

    यो अवस्थाले बैशाख लागेपछि बेंकहरुमा तरलता संकट झनै गहिरिएको देखिएको छ । चुनावका कारण चलनचल्तीमा रहेको नोट बढ्दा यसले समेत बैंकिङ च्यानलको तरलतामा प्रभाव परेको छ । 

    बुधबार मात्रै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वित्तीय क्षेत्रको ब्याजदर बढ्ने संकेत गरेका थिए । शोधनान्तर अवस्थालाई देखाउँदै ब्याजदर बढ्ने संकेत गर्दा बजारको तरलताले समेत यसलाई साथ दिएको छ । 


    images

    Logo