images
images

शनिबार नर्भिकमा दुई टिमले निःशुल्क ओपिडी चलाउने


  • 575
    SHARES
  • २०७९ बैशाख २३ गते शुक्रबार

    शनिबार नर्भिकमा दुई टिमले निःशुल्क ओपिडी चलाउने

    काठमाण्डौ । नर्भिक अस्पतालले आफ्नो विशेष अभियान अन्तर्गत शनिवार (भोलि) दुई यूरोलोजी टिमलाई परिचालन गरी निःशुल्क ओपिडी सेवा सञ्चालन गर्ने भएको छ। 

    नर्भिकले शनिवार बिहान ८ बजेदेखि १० बजेसम्म एउटा टिमले र ९ बजेदेखि १०ः३० बजेसम्म अर्को टिमले निःशुल्क ओपिडी सेवा सञ्चालन गर्न लागेको हो । अस्पतालको २९ औँ वार्षिकोत्सवका अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शनिबार विभिन्न खालका क्यान्सरसँग सम्बन्धित १० विज्ञ र युरोलोजी टिममा आबद्ध ४ विशेषज्ञ चिकित्सकलाई निःशुल्क ओपीडी सेवामा उपलब्ध गराइने भएको हो ।  

    यसअघि केही साता पनि एकैपटक १४ विशेषज्ञ चिकित्सकलाई निःशुल्क ओपिडी अभियानमा सहभागी गराइएको थियो । सर्वसाधारणले वृहत खालको निःशुल्क ओपिडीको अत्यधिक माग गरेपछि नर्भिकले पुनः त्यस्तै अभियान भोलि (शनिवार) संचालन गर्न लागेको हो । 

    नर्भिकले ४० वर्षभन्दा माथिका महिलाहरुका लागि क्यान्सर स्क्रिनिङको विशेष प्याकेज घोषणा गरेको छ भने यो प्याकेजको शुल्क वैशाख महिनाभरिलाई ३० प्रतिशत छुट गरी रु. १४००० कायम गरिएको छ । यसैबीच, निःशुल्क फ्री ओपीडी अभियानअन्तर्गत शनिबार (भोलि) युरोलोजीको २ वटा टिमले समेत अलग अलग सेवा दिने भएको छ । 

    युरोसर्जरी विशेषज्ञद्वय डा. सञ्जीवभक्त बिष्ट र डा. सुनिल श्रेष्ठ नेतृत्वको टिमले प्रोस्टेट ग्रन्थीसम्बन्धी सबै खालका समस्या भएका बिरामीहरुलाई लक्षित गरी शनिबार विहान ८ बजेदेखि १० बजेसम्म निःशुल्क ओपीडी तथा परामर्श सेवा सञ्चालन गर्नेछ । 

    यसैगरी बिहान ९ बजेदेखि १०ः३० बजेसम्म युरोलोजी विशेषज्ञद्वय प्रा.डा. रविन जोशी र डा. इशान मल्ल नेतृत्वको टिमले पनि निःशुल्क ओपीडी सेवा दिनेछ । मिर्गौला, मूत्रनली तथा मूत्रथैलीको पत्थरी, क्यान्सर, प्रोस्टेट, अण्डकोष तथा हर्नियाको समस्या भएका बिरामीहरुले यो ओपीडीबाट लाभ लिन सक्नेछन्। निःशुल्क ओपीडी अभियानमा सहभागी भई शल्यक्रिया गर्नुपर्ने आवश्यकता भएका बिरामीहरुलाई शल्यक्रिया शुल्कमा विशेष छुटको समेत व्यवस्था गरिएको अस्पतालले जनाएको छ ।
     

     


    images

    Logo