काठमाडौं । एनआईसी एशिया क्यापिटलले ९९ प्रतिशत प्रोफिट योजना ल्याएको छ । क्यापिटलले “हजुरहरुको लगानी व्यवस्थापन एनआईसी एशिया क्यापिटलको साथमा, प्रोफिटको ९९ प्रतिशत हजुरको हातमा” भन्ने अभियान ल्याएको हो ।
क्यापीटलले शेयर बजारमा प्रवेश गर्न चाहने नयाँ लगानीकर्ताहरु तथा विदेशमा बसोबास गर्ने नेपालीहरुलाई शेयर बजारमा भित्राई समग्र शेयर बजारको विकास, विस्तार गर्न महत्वपूर्ण सहयोग पु¥याउने मुख्य उद्देश्यका साथ लगानी व्यवस्थापन सेवा अन्तर्गत सिमित अवधीको लागि ९९ प्रतिशत प्रोफिट योजन संचालन गरेको छ ।
उक्त योजना अन्तर्गत क्यापिटलले सेवाग्राहीहरुलाई निःशुल्क लगानी व्यवस्थापन सेवा उपलब्ध गराउनुको साथै लगानी गरिएको रकमबाट प्राप्त मुनाफामा मात्र १ प्रतिशत पर्फमेन्स फी लिने क्यापीटलले जनाएको छ ।
उक्त सेवा अन्र्तगत लगानी व्यवस्थापन निःशुल्क हुने, मुनाफा वितरण अनुपात ९९ प्रतिशत र कम्पतीमा १ वर्षको लागि न्युनतम १० लाख रुपैयाँ लगानी गनुपर्ने छ । सो सेवा अनलाईन मार्फत बिदेश तथा स्वदेशको जुनसुकै भुभागबाट लिन सकिने छ साथै नगद वा १० लाख बराबरको शेयर समेत दिई सेवा लिन सकिने क्यापीटलले जनाएको छ ।
यस ९९प्रतिशत प्रोफिट योजना अन्तर्गतको सेवाले शेयर बजार सम्बन्धी ज्ञान नभएका नयाँ लगानीकर्ताहरु, लहैलहैमा शेयर बजारमा प्रबेश गरी राम्रो सँग आफ्नो पोर्टफोलियो व्यवस्थापन गर्न नसकिरहेका लगानीकर्ताहरु, शेयर बजार सम्बन्धी ज्ञान तथा बजारबाट प्राप्त गर्ने अवसरको बारेमा राम्रो जानकारी हुँदाहुदै पनि समय अभावको कारणले गर्दा लगानी गर्न नसकिरहेका व्यक्ति तथा संस्थाहरुले लाभ लिन सक्ने क्यापिटलको विश्वास रहेको छ ।
साथै, उक्त सेवा लिने सेवाग्राहीहरुलाई शेयर बजार सम्बन्धी राम्रो ज्ञान, दक्ष तथा अनुभवी कर्मचारीहरुको समूहबाट सुक्ष्म रुपमा बजारको अध्ययन गरी लगानी गर्ने सम्बन्धी निर्णय गरिने छ । जसले गर्दा बजारमा आउने उतार चडावबाट सेवाग्राहीहरुले उचित लाभ लिन सक्नेछन् ।


