images
images

एक सातामै सय रुपैयाँ बढ्यो बोइलर कुखुराको भाउ 


  • 513
    SHARES
  • २०७८ बैशाख ९ गते बिहीबार

    एक सातामै सय रुपैयाँ बढ्यो बोइलर कुखुराको भाउ 

    काठमाडौं । कैलालीमा ब्रोइलर कुखुराको मासुको मूल्य बढेको छ । पछिल्लो एक सातामा ब्रोइलर कुखुराको मासुको मूल्य प्रतिकिलो १०० रुपैयाँले बढेको टीकापुरस्थित मासु व्यवसायी राजकुमारी चौधरीले जानकारी दिइन् ।

    चौधरीका अनुसार पहिला जिउँदो कुखुरा प्रतिकिलो १९० रुपैयाँ र काटेपछि ३२० रुपैयाँमा बिक्री हुने थियो । तर अहिले जिउँदो कुखुरा मूल्य २८० रुपैयाँसम्म र काटेको कुखुराको मासुलाई ४२० रुपैयाँसम्म पर्ने गरेको व्यवसायीहरु बताउँछन् । 
    कुखुरा अभाव भएकाले मासुको मूल्य बढेको व्यवसायीहरुको दाबी छ । ब्रोइलर कुखराको उत्पादनमा कमी र मासुको मूल्य बढेको पोल्टी फर्म तथा फिड सप्लायर्सका कृपा रावलले बताए । उनले आवश्यक मात्रामा बोइलर कुखुराको चल्ला किसानले नपाएका कारण बजारमा कुखुराको अभाव देखिएको बताए । “किसानले समयमा चल्ला पाएनन्, त्यसैले कुखुरा अभाव भयो”, रावलले भने “अझै मूल्यमा वृद्धि हुनसक्ने देखिन्छ ।” 

    बजारमा मासुको उपलब्धता अनुसार बिक्रेताले मनपरी रूपमा ३८० देखि ४२० रुपैयाँसम्म लिन थालेका छन् । एक सातादेखि मासुको मूल्य उकालो लागेकाले निगरानी र नियन्त्रण गर्नुपर्ने टीकापुर नगरपालिकाका उपप्रमुख केशरी विष्ट रावलले बताए ।


    images

    Logo