काठमाडौं । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोभिड–१९ को दोस्रो लहरका कारण अर्थतन्त्रको पुनरुत्थानको निम्ति थप प्रभावकारी नीतिगत व्यवस्था गर्ने बताएका छन् । कोभिड दोस्रो लहरका कारण अर्थतन्त्र थप चुनौती देखिएको भन्दै पुनरुत्थानको लागि थप प्रभावकारी नीतिगत व्यवस्था गर्न लागेको बताएका हुन् ।
गभर्नर अधिकारीले एसियन क्लियरिङ युनियनको ४९ औं बोर्ड बैठकलाई सम्बोधनमा अघिल्लो कोरोना कहरबाट प्रभावित व्यापार, पर्यटन, यातायात, उत्पादन र निर्माण क्षेत्र विस्तारै पुनरुत्थानततर्फ उन्मुख हुँदै थियो,’ भर्चुअल बैठकमा उनले भने ‘कोभिड दोस्रो लहरका कारण मुलुकको समष्टिगत अर्थव्यवस्था फेरि अनिश्चिताततर्फ धकेलिएको छ ।’
कोभिड–१९ बाट प्रभावित उद्योग, व्यवसाय, साना तथा मझौला उद्यमको उत्थानको निम्ति कर्जामा सहुलियत दिनेगरी पुनरकर्जा सुविधालाई परिमार्जन गरिएको समेत उलने जानकारी दिए । राष्ट्र बैंकले पुनरकर्जा कोषको सीमा बढाएर पाँच गुणासम्म पुनरकर्जा सुविधा उपलब्ध गराउन सक्नेगरी आवश्यक व्यवस्था मिलाएको छ ।
कोभिड अति प्रभावित क्षेत्रमा पर्यटनसँगै घरेलु, साना र मझौला व्यवसायमा जनशक्तिको तलब/ज्याला भुक्तानीको निम्ति नेपाल सरकारको सहयोगमा छुट्टै ५० अर्ब रुपैयाँको कोष बनाएको पनि सो अवसरमा उनले जानकारी दिए ।
‘विद्युतीय भुक्तानी प्रणालीलाई विस्तार गर्दै नगदरहित कारोबारलाई स्थापित गर्ने दिशातर्पm अग्रसर हुन सुझाइएको छ,’ उनले भने ‘विद्युतीय भुक्तानीसम्बन्धी नीतिगत व्यवस्था र पूर्वाधार विकासका कारण बन्दाबन्दी र निषेधाज्ञाको असहज अवस्थामा मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्यूआर कोड, कनेक्ट आईपीएसलगायतका विद्युतीय माध्यमबाट उत्साहजनक कारोबार भएका छन् ।’
साथै कोभिड संक्रमण यताको अवधिमा तरलताको सहजीकरण, ब्यााजदर कटौती, अतिरिक्त चालु पुँजी कर्जाको सुविधा, कर्जाको पुनर्संरचना/पुनर्तालिकीकरण, कर्जाको सावाँ÷ब्याज भुक्तानीको समयसीमा बढाउने जस्ता नीतिगत व्यवस्था गरिएको पनि उनले जानकारी दिए ।