images
images

काँग्रेसको चुनावी प्रक्षेपण, 'हामी बहुमत ल्याउँछाैं, गठबन्धनले ७५ प्रतिशत ठाउँमा जित्छ'


  • 556
    SHARES
  • २०७९ बैशाख २६ गते सोमबार

    काँग्रेसको चुनावी प्रक्षेपण, 'हामी बहुमत ल्याउँछाैं, गठबन्धनले ७५ प्रतिशत ठाउँमा जित्छ'

    काठमाडौं । नेपाली काँग्रेसका प्रवक्ता प्रकाशशरण महतले स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेले ५० प्रतिशत स्थानमा जित हासिल गर्ने दाबी गरेका छन् । नेपाली काँग्रेसको नियमित पत्रकार सम्मेलनका क्रममा उनले देशभर सत्तारुढ गठबन्धनले ७५ प्रतिशत स्थान जित्ने समेत उल्लेख गरे । 

    उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले काँग्रेस र गठबन्धनप्रति निराधार आरोप लगाउने गरेको समेत बताए । उनले नेपाली काँग्रेसको नेतृत्वमा सरकार बनेपछि अमेरिकाबाट मात्रै डेढ खर्बको अनुदान सहयोग ल्याएको भन्दै भारत, चीन, जापान र युरोपेली युनियनले समेत सहयोग बढाउन थालेको उल्लेख गरे । 

    उनले ओली सरकारको पालालमा १९ अर्ब रुपैयाँ ऋण लिएर कार्यकर्तालाई बाँडेको समेत दाबी गरे । 


    images

    Logo