images
images

अब बैंकहरूले खरिद गरेको शेयर १ वर्षपछिमात्रै बिक्री गर्न पाउने


  • 900
    SHARES
  • २०७८ जेठ ११ गते मंगलबार

    अब बैंकहरूले खरिद गरेको शेयर १ वर्षपछिमात्रै बिक्री गर्न पाउने

    काठमाडौं ।अब बैंकहरुले एक पटक खरिद गरेको शेयर एक वर्षसम्म बेच्न पाउने छैनन् ।  नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरूलाई शेयर कारोबारमा कडाइ गरेको छ । राष्ट्र बैंकको यो व्यवस्थाले अब वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुले अल्पकालीन रुपमा शेयरमा लगानी गर्न पाउने छैनन् । बैंक तथा वित्तीय संस्थाले खरिद गरेको शेयर १ वर्षपछि मात्रै बेच्न पाउने व्यवस्था गरिएको हो ।

    राष्ट्र बैंकले मंगलबार आज सर्कुलर जारी गरेर बैंक तथा वित्तिय संस्थाहरूलाई शेयर किनबेचमा कडाइ गरेको हो । राष्ट्र बैंकले मौद्रिक समीक्षामार्फत गरिएका व्यवस्थालाई परिपत्रमार्फत कडाइ गरेको हो । 

    हाल क, ख र ग वर्गका बैंक तथा वित्तिय संस्थाहरुले कोर क्यापिटलको ३० प्रतिशतसम्म सेयर किनबेचमा सहभागी हुन पाउने व्यवस्था थियो । बैंकहरुले शेयर खरिद गरेर १ वर्षपछि पनि त्यस्तो खरिद गरिएको शेयरको १ प्रतिशत मात्रै बेच्न पाउने व्यवस्था गरिएको छ । 

     


    images

    Logo