मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिकाको प्रमुख र उपप्रमुख पदमा काँग्रेसका उम्मेदवार विजयी भएका छन् । अन्तिम मतपरिणाम अनुसार प्रमुखमा मोहनसिं लालचन ७ सय ६० मत लिएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सञ्जयकुमार थकालीले ७ सय ५८ मत पाए ।
त्यसैगरी उपप्रमुखमा काँग्रेसकी जमुना थापा मगरले ६ सय ९३ मत लिएर विजयी हुँदा उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी मीमकुमारी शेरचनले ६ सय १८ मत पाइन् ।
घरपझोङ गाउँपालिकामा १ हजार ५ सय ९८ मत खसेको थियो । वडा ३ मा एमाले र ४ मा काँग्रेसले जित हासिल गरेका छन् ।