काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिकामा काँग्रेसले अग्रता लिएको छ । विहानदेखि जारी मतगणनामा काँग्रेसले अग्रता लिन सुरु गरेको हो ।
काँग्रेसकी उम्मेदवार निशान ढुंगेलले ४६३ मत ल्याउँदा एमालेका उम्मेदवार बासुदेव थापाको ४२८ मत आएको छ । अहिलेसम्म यहाँ १२०० मत गणना भएको छ ।
एमालेमा भने एमाले उम्मेदवार सरिता भट्टराईले ४४६ मत ल्याएर अग्रता कायम गरेकी छिन् । उनीसँग नेकपा एकीकृत समाजवादीका श्यामसुन्दर बस्नेत २२६ मतसहित प्रतिस्पर्धा गरिरहेका छन् ।
यो वडा नम्बर १ को मतपरिणाम हो । यो वडालाई एमालेको आधार किल्ला मानिन्थ्यो ।