images
images

चुनावलगत्तै निगमले पेट्राेलियम पदार्थमा गर्याे भारी मूल्यवृद्धि


  • 743
    SHARES
  • २०७९ बैशाख ३१ गते शनिबार

    चुनावलगत्तै निगमले पेट्राेलियम पदार्थमा गर्याे भारी मूल्यवृद्धि

    काठमाडौँ  । नेपाल आयाल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँले बढाएको हो । 

    आयल निगमको संचालक समितिको बैठकले आज राति १२ बजेदेखि लागू हुनेगरी मूल्य बढाउने भएको छ ।

    अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय ७० रुपैयाँ पर्नेछ । त्यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ सय ५३ रुपैयाँ पुगेको छ । एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत् राखिएको छ । 


    images

    Logo