images
images

मध्यपुरमा काँग्रेसले खाता खोल्यो, सुर्यविनायकमा पनि अग्रता (अपडेट)


  • 750
    SHARES
  • २०७९ बैशाख ३१ गते शनिबार

    मध्यपुरमा काँग्रेसले खाता खोल्यो, सुर्यविनायकमा पनि अग्रता (अपडेट)

    भक्तपुर । मध्यपुर थिमि नगरपालिका वडा नं १ मा नेपाली कांग्रेस विजयी भएको छ । मध्यपुर थिमि  र सुर्यविनायक नगरपालिका प्रमुखमा नेपाली काँग्रेसले अग्रता कायम राखेको छ । 

    मध्यपुर थिमिको जारी मतगणनामा वडा नं. १ को सबै ३ हजार ५ सय ८ मत गणना हुंदा  नेपाली काँग्रेसका सुरेन्द्र श्रेष्ठले १८ सय ५ मत प्राप्त गरी अग्रता लिएका छन् । उनका निकटम प्रतिद्धन्द्धी नेकपा एमालेमा मदनसुन्दर श्रेष्ठले १२ सय ६७ मत प्राप्त गरेका छन् ।

    उपप्रमुखमा नेकपा एमालेका उत्तरा नेपालले १४ सय ८७ मत प्राप्त गरेकी छन् । त्यसैगरी  गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका विजयकृष्ण श्रेष्ठले ११ सय ८४ मत ल्याएका छन् ।

    त्यस्तै वडाअध्यक्षमा नेपाली काँग्रेसका बाबुकाजी डंगोल १७ सय ६ मतसहित विजयी भएका छन् । त्यसैगरी वडाको सबै प्यानलमा कांग्रेसका उमेदवार विजयी  भएका छन् ।

    उता सुर्यबिनायक नगरपालिकाको वडा नं १ को १६७६ मत गणना हुँदा काँग्रेसका निसान ढुँगेलले अग्रता कायम राखेका छन् । उप प्रमुखमा भने नेकपा एमालेकी सरिता भट्टराईले अग्रता लिएकी छिन । काँग्रेसका निशान ढुंगेलले ७ सय २९ मतसहित अग्रता कायम राखेका छन्  । 

    उनका निकटतम प्रतिद्वन्दी एमाले उम्मेदवार वासुदेव थापाले ६ सय ८ मत पाएका छन् । उपप्रमुखमा एमालेकी सरिता भट्टराईले ७ सय १२ मत पाएकी छिन भने राप्रपाका उमेदवारले ३ सय ५१ र नेकपा एसका श्यामसुन्दर बस्नेतले ३ सय ४८ मत पाएका छन् । 

    त्यसैगरी वडा अध्यक्षमा सुर्यले ५ सय ५४ मत, हलोले ५ सय ७ मत र रूखले ३ सय ९० मत ल्याएका छन् ।


    images

    Logo