images
images

काठमाडौंबाहेक महानगरमा गठबन्धन सफल, कहाँ कस्तो छ पछिल्लो अवस्था ?


  • 571
    SHARES
  • २०७९ जेठ १ गते आइतबार

    काठमाडौंबाहेक महानगरमा गठबन्धन सफल, कहाँ कस्तो छ पछिल्लो अवस्था ?

    काठमाडौं । सत्तारुढ दलबीचको केन्द्रीय तहबाट भएको महानगरपालिकाको चुनावी गठबन्धन सफल देखिएको छ । स्थानीय तह निर्वाचनको मतपरिणामको प्रारम्भिक रुझानले यस्तो देखाएको हो । यद्यपि काठमाडौं महानगरपालिका भने यसको अपवाद देखिएको छ । 

    काठमाडौंमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले स्वतन्त्र मत काट्दा यसले गठबन्धनको उम्मेदवारलाई तेस्रो स्थानका पुर्याएको छ । त्यसबाहेक अरु महानगरमा भने गठबन्धको अग्रता देखिएको छ । यहाँ उपमेयरमा पनि एमालेकी सुनिता डंगोलले फराकिलो अग्रता बनाएकी छिन् । 

    ललितपुर महानगरपालिकामा गठबन्धनका तर्फबाट काँग्रेस उम्मेदवार चिरिबाबु महर्जन ७ सय मतसहित अगाडि छन् । उनका प्रतिस्पर्धी एमालेका हरिकृष्ण व्यञ्जनकारको ३३६ मतमात्रै आएको छ । उपमेयरमा भने एमालेकी मञ्जली शाक्य ३७२ मतसहित अगाडि छन् । 

    कास्कीको पोखरा महानगरपालिकामा गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्य ६१३ मतसहति अगाडि छन् । उनका प्रतिस्पर्धी एमालेका कृष्णबहादुर थापाको ५ सय ८३ मत आएको छ । पछिल्लो समय आचार्यको मतान्तर बढ्दै गएको देखिन्छ । यहाँ उपमेयरमा काँग्रेसकी उम्मेदवार कोपिला रानाभाटले फराकिलो अग्रता कायम गरेकी छिन् । 

    चितवनको भरतपुर महानगरपालिकामा पनि गठबन्धनका तर्फबाट माओवादीका उम्मेदवार रेणु दाहालले अग्रता लिइरहेकी छिन् । अहिले उनको अग्रता समेत बढ्दै गएको छ । भरतपुरकै उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारी फराकिलो अन्तरसहित अगाडि छन् । 

    वीरगञ्ज महानगरपालिकामा समेत गठबन्धनका तर्फबाट जनता समाजवादी पार्टीका उम्मेदवार राजेशमान सिंहले फराकिलो अन्तरले अग्रता लिएका छन् । उनले १३६३ मत ल्याउँदा एमालेका उम्मेदवार विजय सरावगीले ६५९ मतमात्रै ल्याएका छन् । 

    वीरगञ्जमै उपमेयरमा नेपाली काँग्रेसका उम्मेदवार १०१२ मतसहित अगाडि छन् । उनका प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादीका पुरुषोत्तम झाको १६० मतमात्रै आएको छ  

    विराटनगर महानगरपालिकामा गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार नागेश कोइरालाको २४२७ मत आएको छ । उनका निकटतम प्रतिस्पर्धी एमालेका सागरकुमार थापाको १९६५ मतमात्रै आएको छ । एमालेमा भने गठबन्धनका उम्मेदवारलाई पछि पार्दै एमाले उम्मेदवार शिल्पा कार्की अगाडि देखिएकी छिन् । 


    images

    Logo