भक्तपुर । भक्तपुर नगरपालिकाको मेयरमा सुनिल प्रजापति र उपमेयरमा रजनी जोशी निर्वाचित भएका छन् । आज सम्पन्न भएको मतगणना अनुसार नेपाल मजदूर किसान पार्टीका दुवै उम्मेदवार २६ हजार भन्दा बढी मतान्तरसहित निर्वाचित भएका हुन् ।
मेयर उम्मेदवार प्रजापतिले २९ हजार २ सय मत पाएका छन् भने उपमेयरमा जोशीले २९ हजार ६९५ मत पाएकी छिन् ।
उनीहरुका प्रतिस्पर्धी नेपाली काँग्रेसका रामप्रसाद कासुलाले ३ हजार १ सय ९९ र नेकपा एमालेका रविन्द्र लाछिमस्युले २ हजार ६ सय ६७ मत पाएका छन् ।
त्यस्तै, उपमेयरमा नेकपा एमालेकी रन्जना खर्बुजाले २ हजार ७ सय २४ र नेकपा एकीकृत समाजवादीका ओमचरण अमात्यले १ हजार ७ सय ४२ मत पाएका छन् ।
नेमकिपाले यो नगरपालिकाका सबै वडाका सबै अध्यक्ष र सदस्यहरु समेत जितेको छ ।