images
images

जेठ ६ गते उपनिर्वाचन हुने, दल दर्ताका लागि आयोगले निकाल्यो सूचना


  • 507
    SHARES
  • २०७८ बैशाख १० गते शुक्रबार

    जेठ ६ गते उपनिर्वाचन हुने, दल दर्ताका लागि आयोगले निकाल्यो सूचना

    काठमाडौं । राष्ट्रिय सभामा रिक्त रहेको सदस्य पदका लागि निर्वाचन आयोगले आउँदो जेठ ६ गते उपनिर्वाचन गर्ने भएको छ ।  सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार आयोगले उपनिर्वाचनको मिति घोषणा गरेको हो ।

    वाग्मती प्रदेश अन्य समूहततर्फ बाट नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रबाट राष्ट्रिय सभा सदस्य पदमा निर्वाचित रामबहादुर थापा मगर नेपाल कम्युनिस्ट पार्टी एमालेमा प्रवेश गरेपछि रिक्त रहेको पदमा उपनिर्वाचन हुन लागेको हो । 

    आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले नेपाल सरकारले निर्वाचन आयोगको परामर्शमा उपनिर्वाचनको मिति तोकेको जानकारी दिए । 

    राष्ट्रिय सभा सदस्य निर्वाचन ऐनले कुनै सदस्यको पदावधि छ महिनाभन्दा बढी कायम भएको अवस्थामा पद रिक्त भएमा रिक्त भएको ३५ दिनभित्र उपनिर्वाचन गर्नुपर्ने व्यवस्था रहेको छ ।

    यसैगरी आयोगले आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूलाई राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि यही वैशाख १० गतेदेखि १४ गतेसम्म आयोगमा निवेदन दिन सूचना समेत गरेको छ ।

     


    images

    Logo