images
images

इसेवाको 'बीमा शुल्क भुक्तानी गरिन्छ, लखपति बनिन्छ' योजना सार्बजनिक


  • 476
    SHARES
  • २०७९ जेठ ६ गते शुक्रबार

    इसेवाको 'बीमा शुल्क भुक्तानी गरिन्छ, लखपति बनिन्छ'  योजना सार्बजनिक

    काठमाडौं । इसेवाले “बीमाशुल्क भुक्तानी गरिन्छ, लखपति बनिन्छ” योजना सार्बजनिक गरेको छ । इसेवाले बीमितहरुले घरमै बसेर बीमा शुल्क भुक्तानी गर्न प्रोत्साहन मिलोस् भन्ने उदेश्यले यो योजना सार्बजनिक गरेको हो । 

    यो योजना भदौ ५ गतेसम्म सञ्चालन हुनेछ । यस योजनामा इसेवा बाट कुनैपनि जीवनबीमा कम्पनीको बीमाशुल्क भुक्तानी गर्ने व्यक्तिहरु मध्येबाट बम्पर उपहारमा एक जनाले एक लाख रुपैयाँ उपहार प्राप्त गर्नेछन् । यस्तै उपहार बिजेता बीमितको बीमा एजेन्ट र सोही एजेन्टको शाखाकार्यालयले पनि  २०/२० हजार नगद उपहार प्राप्त गर्नेछन् । 

    यसैगरि योजना सञ्चालन अवधिभर बीमाशुल्क भुक्तानी गर्नेहरु मध्येबाट हरेक दिन एक जनाले गोलाप्रथा मार्फत एक हजार रुपैयाँ प्राप्त गर्नेछन् । यो योजना नेपालमा सञ्चालिन सबै बीमा कम्पनीको शुल्क भुक्तानी गर्दा लागु हुनेछ । इसेवाले पछिल्ला दिनमा इन्स्योरेन्स्को प्रिमियम अनलाइनबाट भुक्तानी गर्न प्रोत्साहन गर्नकालागि विभिन्न अफर तथा योजना सार्बजनिक गर्दै आएको छ । 

     


    images

    Logo