काठमाडौं । अर्घाखाँची सिमेन्टले स्वास्थ्य चौकी निर्माण गरेको छ । अर्घाखाँचीको मैनहियामा निर्माण गरेको स्वास्थ्य चौकी भवन बुधबार उद्घाटन भएको हो ।
लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठ र अर्घाखाँची सिमेन्टका निर्देशक राजेशकुमार अग्रवालले भवनको संयुक्त रुपमा उदघाटन गरेका हुन् । सो अवसरमा मन्त्री श्रेष्ठले जनहितका लागि स्वास्थ्य चौकी व्यवस्थित गरिने बताए ।
कम्पनीले ७० लाख रुपैयाँ खर्चेर निर्माण गरेको स्वास्थ्य चौकी भवन र स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो । निर्देशक अग्रवालले मैनहिया स्वास्थ्य चौकीले स्वास्थ्य उपचारमा सहयोग पु¥याउने विश्वास व्यक्त गर्दै सामाजिक कामलाई निरन्तरता दिने बताए ।


