images
images

२७ अर्ब २० करोडको ट्रेजरी  बिल जारी गर्दै नेपाल राष्ट्र बैंक


  • 486
    SHARES
  • २०७९ जेठ ८ गते आइतबार

    २७ अर्ब २० करोडको ट्रेजरी  बिल जारी गर्दै नेपाल राष्ट्र बैंक

    काठमाडौं ।  नेपाल राष्ट्र बैंकले २७ अर्ब २० करोड ३२ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न भएको छ । सोमबार बैंकले २७ अर्ब २० करोड ३२ लाख बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको हो । 

    बैंकका अनुसार २८ दिन अवघिका लागि ५ अर्ब रुपैयाँ  छुट्याइएको छ भने ९१ दिन अवधिका लागि २ अर्ब २३ करोड रुपैयाँ छुट्याइएको छ  । १८२ दिन अवधिको लागि १२ अर्ब ४७ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल छुट्याइएको छ ३६४ दिनको अवधिका लागि ७ अर्ब ५० करोड रुपैयाँ छुट्याइएको छ । 

    २८ दिनको अवधिको बिल असार ७ गते परिपक्व हुनेछ भने ९१ दिन अवधिको बिल आगामी भदौ ७ गते परिपक्व हुनेछ ।  त्यस्तै, १८२ दिन अवधिको बिल आगामी मंसिर ६ गते परिपक्व हुनेछ भने ३६४ दिनको लागि आगामी जेठ ९ गते परिपक्व हुनेछ । 

    यी ट्रेजरी बिलको सोमबार दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ । बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन् ।


    images

    Logo