काठमाडौं । एकै साता सार्वजनिक यातायातको भाडा २ पटक बढेको छ । यातायात व्यवस्था विभागले सूचना जारी गरेर भाडा बढाएको हो । विभागले यात्रुवाहक सवारीको भाडा २.१ प्रतिशतले बढाएको छ ।
सरकारले यसअघि पनि जेठ ४ गते भाडा बढाएको थियो । इन्धनको मूल्य बढेपछि वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार स्वचालित रुपमा अन्तर प्रदेश सार्वजनिक भाडा बढाइएको हो ।
पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा २.७ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा ३ प्रतिशतले बढाइएको छ । समायोजन गरिएको नयाँ भाडादर जेठ १० गतेदेखि लागु हुने विभागले जनाएको छ ।