images
images

त्रियुगामा समाजवादी तेस्रोमा झर्दा काँग्रेस सहज अवस्थामा, मेयर हुन कति मत ल्याउनुपर्ला ?


  • 574
    SHARES
  • २०७९ जेठ १४ गते शनिबार

    त्रियुगामा समाजवादी तेस्रोमा झर्दा काँग्रेस सहज अवस्थामा, मेयर हुन कति मत ल्याउनुपर्ला ?

    काठमाडौं । दोस्रो कार्यकालमा मेयरका लागि दावेदार मानिएका त्रियुगा नगरपालिकाका निवर्तमान मेयर बलदेव चौधरी तेस्रो नम्बरमा झरेका छन् । एकीकृत समाजवादीको तर्फबाट उम्मेदवारी दिएका चौधरी काँग्रेसका बसन्तकुमार बस्नेत र एमालेका भागवत राउतभन्दा तल झरेका हुन् । 

    त्रियुगामा खसेको कुल ४० हजार १ सय ३९ मतमध्इे शनिबार बिहान ८ बजेसम्म २५ हजार मतगणना भएको छ । यसमा बस्नेतले ८ हजार ३ सय ९६ मत ल्याउँदा राउतले ६ हजार ५ सय ६८ र चौधरीले ६ हजार ४ सय ४४ मत पाएका छन् ।  यसअनुसार बस्नेतभन्दा चौधरी १९५८ मतान्तरले  पछाडि छन् । 

    अहिलेसम्म वडा नम्बर १, २, ३, ४, ५, १३, १४, १५ र १६ नम्बर वडाको मतगणना सकिएको छ । यीमध्ये काँग्रेसले १, ३, ४, ५ र १३, एमालेले वडा नम्बर २ र माओवादीले १४, १५ र १६ नम्बर वडा जितेका छन् । 

    अहिले वडा नम्बर ६, ७ र ८ को मतगणना भइरहेको छ । यी तीनवटाको मतगणना हुँदा काँग्रेस उम्मेदवार बस्नेत थप अगाडि गएका छन् । मतगणना सुरु हुन बाँकी ९, १०, ११ र १२ नम्बर वडा रहेका छन् । 

    यो नगरपालिकामा काँग्रेस एक्लै चुनाव लड्दा माअाेवादी र समाजवादीबीच तालमेल भएको थियो । माअाेवादीको पकड क्षेत्रकाे रुपमा रहेकाे १४, १५ र १६ नम्बर वडाको मतले सुरुमा अघि बढेका चाैधरी अहिले पछि परेका हुन् । यही कारणले यहाँ काँग्रेस र समाजवादीलाई मुख्य दाबेदार मानिएको थियो । अहिले चाैधरी तेस्रोमा झर्दा काँग्रेसलाई सजिलो हुने देखिएको छ । 

    अघिल्लोपटकको चुनावमा तात्कालिन एमालेका उम्मेदवार चाैधरीले ११३६८ मत ल्याउँदा बस्नेतले ११२९५ मत ल्याएका थिए । त्रिकोणात्मक प्रतिस्पर्धाका कारण यसपटक पनि सोही हाराहारीमा मत ल्याएर चुनाव जित्ने अवस्था देखिन्छ । अहिलेको मतगणना र बढ्दै गएको मतान्तर हेर्दा बस्नेतको जित थप सहज देखिएको छ । यद्यपि चाैधरीको पकड क्षेत्र मानिने वडा नम्बर १२ को आशमा समाजवादी छ । 


    images

    Logo