images
images

त्रियुगामा अब ६ हजार मतगणना बाँकी, साँझसम्म नतिजा आउने, कसको कस्तो छ अवस्था ?


  • 3.5K
    SHARES
  • २०७९ जेठ १५ गते आइतबार

    त्रियुगामा अब ६ हजार मतगणना बाँकी,  साँझसम्म नतिजा आउने, कसको कस्तो छ अवस्था ?

    काठमाडौ । जिल्ला निर्वाचन कार्यालय उदयपुरले त्रियुगा नगरपालिकाको अन्तिम परिणाम आज रातीसम्ममा सार्वजनिक गर्ने जनाएको छ । करिब छ हजार मत गन्न बाँकी रहँदा आइतबार राती अबेरसम्ममा ततिजा सार्वजनिक गर्नेगरी चार स्थानमा मतगणना कार्य भइरहेको कार्यालयले जनाएको छ । नगरका १०, ११ र १२ नं. वडामा अहिले मतगणना भइरहेको छ । 

    पछिल्लो पटक करिव ३४ हजार मत गणना हुँदा त्रियुगा नगरपालिकाको मेयर नेपाली काँग्रेसका उमेदवारले अग्रता कायम राखेका छन् । उपमेयरमा भने एमाले उम्मेदवार अघि छिन् । 

    काँग्रेसका मेयर उमेदवार वसन्त कुमार बस्नेतले एमालेका भागवत राउत भन्दा १९५२ मतले अघि रहेका छन् । उप मेयरमा भने एमालेकी महेश्वरी राई काँग्रेसकी सरिता राईभन्दा ६२३ मतले अघि रहेकी छिन् ।

    प्रारम्भिक गणनादेखि नै अग्रता कायम गर्दै आएकी काँग्रेसकी सरिता राईलाई पछिल्ला तीन वडाको गणनासँगै एमालेकी महेश्वरीले राईले पछि पारेकी हुन् । यसैबीच आइतबार वडा नं. ९ को परिणाम सार्वजनिक भएसँगै नगरका १३ वटा वडाको अन्तिम परिणाम आइसकेको छ । 

    पछिल्लो परिणाम अनुसार ९ नं. वडामा नेपाली काँग्रेसका राजकुमार दनुवार वडाअध्यक्षमा निर्वाचित भएका छन् । योसंगै काँग्रेसले घोषणा भएका १३ मध्ये ७ वटामा जित हात पारेको छ । नेकपा एमाले र नेकपा माओवादीका उमेदवार ३÷३ स्थानमा निर्वाचित भएका छन् । 

    अहिले गणना भइराखेका अन्तिम तीन वटा वडामध्ये १० नं. मा नेकपा एमाले, ११ नं. मा नेपाली काँग्रेस र १२ मा नेकपा माओवादीका उम्मेदवारले प्रारम्भिक अग्रता कायम गरेका छन् । 

    मतगणना अनुसार नेपाली काँग्रेसका मेयरका उम्मेदवार वसन्त बस्नेतले ११ हजार ६ सय ५८ मत पाएका छन् । त्यस्तै नेकपा एमालेका भागवत राउतले ९ हजार ७ सय २४ मत पाएका छन् ।  नेकपा एकीकृत समाजवादीका उमेदवार एवं निर्वतमान मेयर बलदेव चौधरीले ७ हजार ७ सय ९५ मत पाएका छन ।

    उपप्रमुखमा एमालेकी महेश्वरी राईले १० हजार ८ सय ४९ मत पाउँदै अग्रता बढाएकी छन । काँग्रेसकी सरिता राईले १० हजार २ सय २६ मत ल्याएकी छिन् । माओवादी केन्द्रकी गीता खड्काले खड्काले ५ हजार ८ सय ३८ मत ल्याएकी छिन् ।

    पछिल्लो विवरण अनुसार १, २, ३, ४, ५, ६, ७, ८, ९, १३, १४, १५ र १६ वडाको मतगणना सम्पन्न भएको छ । चुनावका दिन विवाद भएको १२ नं वडामा आज मध्यान्हबाट मात्र गणना शुरू भएको छ । नगरपालिकामा ४० हजार १ सय ५९ मत खसेको थियो ।


    images

    Logo